असोज १७, २०८३ शनिबार October 3, 2026

गोली हानेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धनगढी । बाजुराको गौमूल गाउँपालिका वडा नम्बर ४ मा श्रीमानले गोली हानेर श्रीमतीको हत्या गरेका छन्।

बुधवार राति ३३ वर्षिया श्रीमती सुन्तु रोकायालाई ४० बर्षिया श्रीमान गोरख रोकायाले भरुवा बन्दुकले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकेन्द्र ठगुन्नाका अनुसार सन्तुको भैसी गोठमा भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको अवस्थामा लास फेला परेपछि बिहिबार बिहान मात्र माइती पक्षले प्रहरीलाई जानकारी गराएका थिए।

जानकारी लगत्तै गौमुल गाउँपालिकाको केन्द्र घटमुना प्रहरी चौकीबाट प्रहरी टोली गएको र मृत्तकका श्रीमान गोरख रोकायालाई एक थान बरुवा बन्दुक सहित नियन्त्रणमा लिएको प्रहरी निरिक्षक ठगुन्नाले जानकारी दिएका छन । मृतक सन्तुको टाउको बिच भागमा गोली लागेको प्रहरीले जनाएको छ ।

गौमुलको टोलीले घटना स्थल पुगेर अनुसन्धान थालिसकेको र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाको कमाण्डमा टोली घटना स्थलतिर गएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया