असार २४, २०८२ मंगलबार July 8, 2025

टुटल र पठाओसँग प्रतिस्पर्धा गर्न ‘लोजुम’ आउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अहिले बजारमा राइड सेयरिङको रुपमा धेरैले टुटल र पठाओ चिन्ने गरेका छन्। अब लकडाउन खुलेसँगै टुटल र पठाओको प्रतिस्पर्धामा ‘लोजुम’ राइड सेयरिङ बजारमा थपिने भएको हो।

अहिले नेपाली बजारमा भएका राइड सेयरिङभन्दा फरक भएको कम्पनीले दाबी गरेको छ। अहिले बजारमा भएका राइड सेयरिङमा एप डाउनलोड गर्नुपर्छ भने ‘लोजुम’को सेवा विना एम सिधै फोनमार्फत गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

लोजुमको सर्भिस हाल काठमाडौंमा उपलब्ध हुनेछ। यसका लागि लोजुम एप गुगल प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ।

त्यस्तै एप प्रयोग नगर्नेहरुले कम्पनीले उपलब्ध गराएको नम्बरमा फोन गरेर पनि आफूलाई आवश्यक राइडर मगाउन सकिन्छ।

लोजुमले राइडर र प्रयोगकर्ता दुवैका लागि विशेष सुविधाहरु उपलब्ध गराउने बताइएको छ। राइडरहरुलाई लोजुमका पार्टनर भनिने र पार्टनरहरुलाई आवश्यक डाटा र इन्धन समेत कम्पनी आफैँले उपलब्ध गराउनेछ।

त्यसैगरी उनीहरुको थर्ड पार्टी इन्स्योरेन्स गरिने र यदि कथंकदाचित् दुर्घटना भएमा पनि पार्टनर हस्पिटलहरुमा उपचारको व्यवस्था गरिनेछ।

लोजुमका महिला प्रयोगकर्ता भएमा उनीहरुको इच्छाअनुसार सकेसम्म महिला राइडर नै उपलब्ध गराइनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार