कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

स्वतन्त्र प्रदेश सांसद जवाहर महतो माओवादीमा प्रवेश – प्रधानमन्त्रीले गरे स्वागत

एमालेका गणेश प्रसाईंलाई हराएका माओवादीका पूर्व नेता आफ्नै पार्टिमा फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मधेसमा स्वतन्त्र सांसद रहेका जवाहर महतो नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि बुधबार महतो माओवादी प्रवेश गरेका हुन् ।

महतो सर्लाही क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र १ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।

उनले एमालेका गणेश प्रसाईंलाई हराएका थिए । यो क्षेत्र वामलोकतान्त्रिक गठबन्धनबाट नेकपा एकीकृत समाजवादीको भागमा उम्मेदवार परेपछि उनी माओवादी परित्याग गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया