बैसाख ४, २०८३ शुक्रबार April 17, 2026

भरतपुर महानगरद्वारा एक हजार विद्यार्थीलाई न्यानो कपडा वितरण

भरतपुर महानगरको पश्चिम क्षेत्रमा रहेका १० वटा विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत कक्षा १ देखि ५ सम्मका नौ सय ३४ विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । महानगरको शिक्षा महाशाखाले बिहीबार भरतपुर महानगरपालिका वडा नं २८ मा रहेको आधारभूत विद्यालय सिसावास ९१–८० बाट कपडा वितरण सुरु गरेको हो ।

कार्यक्रमको सुरुआत गर्दै महानगर प्रमुख रेनु दाहालले जाडो समयमा चिसोका कारण विद्यालयमा बालबालिकाको अनियमितता हुने भन्दै महानगरले विगत तीन वर्षदेखि यो कार्यक्रम चलाउँदै आएको बताइन् ।

यस आर्थिक वर्षमा १५ वटा सामुदायिक विद्यालयमा रहेका बालबालिकालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रमअन्तर्गत आज भरतपुर महानगरको पश्चिम क्षेत्रमा रहेका १० वटा विद्यालयका नौ सय ३४ बालबालिकालाई वितरण गरिएको हो । नारायणी नदी र राप्ती नदी तटीय क्षेत्रमा बसोबास गर्ने अल्पसङ्ख्यक, सिमान्तकृत समुदायका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिनेछ । यस आर्थिक वर्षमा न्यानो कपडा वितरणका लागि रु १५ लाख बजेट विनियोजन गरिएको छ ।

यसअघि तीन वर्षमा ४५ विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिसकिएको छ । किशोरी छात्रालाई साइकल वितरण, लोपोन्मुख समुदायका विद्यार्थीलाई वार्षिकरुपमा रु तीन हजार छात्रवृत्ति प्रदान गर्दै आएको उनले जानकारी दिइन् । अघिल्लो वर्षदेखि सुरु गरिएको छात्रवृत्ति वितरण कार्यक्रमबाट छ सय ९२ जना लाभान्वित भएको उनको भनाइ छ । यी कार्यक्रम नियमित सञ्चालन हुने उनले बताइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सर्वोच्चको फैसला जित हारको विषय होइन : महामन्त्रीद्वय
२०८३ बैसाख ५, शनिबार
काँग्रेसमा विशेष महाधिवेशन वैधानिक ठहर, गगन थापा नेतृत्व आधिकारिक (संक्षिप्त आदेशसहित)
२०८३ बैसाख ४, शुक्रबार
सङ्घीय सरकार मातहत रहेका कामलाई प्राथमिकता दिन आग्रह
२०८३ बैसाख ४, शुक्रबार
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षा मन्त्री पोखरेलको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
पिएम कप इतिहासमा आर्मीको अर्को सफलता : सुदूरपश्चिम ५ विकेटले पराजित
२०८३ बैसाख ४, शुक्रबार
अतिक्रमण र कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न त्रिविको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
आमा र छोरीबीचको कथामा बनेको ‘लालीबजार’ को ट्रेलर सार्बजनिक
२०८३ बैसाख ४, शुक्रबार