चैत्र १५, २०८० बिहिबार March 28, 2024

ओली, देउवा र प्रचण्डको चाहनाले संसद र सरकार टिक्ने होइन । – राजमो अध्यक्ष, चित्र बहादुर केसी (अन्तवार्ता)

पैसा पाएको अवस्थामा आफ्नो नेतालाई जिताउन लाग्ने तर पैसा नपाएको अवस्थामा आफ्नै पार्टीको नेतालाई हराउने काम त माओवादी र कांग्रेस दुवैले गरे ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वाम लोकतान्त्रिक गठबन्धन टुट्नुका पछाडि विभिन्न कारण आए । खास भित्री कारण के हो ?

नेपालका राजनीतिक दल सिद्धान्त, नीति र आवश्यकताभन्दा पनि जसको गोटी बन्दा र जसको भारी बोक्दा आफू सत्तामा जान पाइन्छ, त्यो प्रवृत्तिका कारणले मुलुकको स्थिति यस्तो भएको हो ।

खास कसको कारणले वाम लोकतान्त्रिक गठबन्धन भत्कियो ?

त्योभन्दा पनि यो प्रवृत्ति एकदमै डरलाग्दो छ नेपालका राजनीतिक दलमा । अब राष्ट्र र जनताको हितमा राजनीति गर्नुभन्दा पनि कसको शरणमा परेर देशी विदेशी शक्तिको, उनको चरणकमलमा गएर साष्टाङ डण्डवत गरेर जुनसुकै हालतमा पनि सत्ता र शक्तिमा जानपर्‍यो र आफ्नो महत्वाकांक्षा त पूरा गर्नुपर्‍यो । शक्ति राष्ट्रका एजेण्डा कार्यान्वयन गर्नुपर्‍यो । त्यो हिसाबले नेपालको राजनीति चल्छ । यो कुनै नयाँ कुरा र घटना होइन ।

त्यसो भए विदेशी शक्तिकै कारणले वाम लोकतान्त्रिक गठबन्धन भत्किएको हो ?

यो त अहिलेमात्र होइन, जुनवेला नेपालमा कोतपर्व भयो, त्यही समयदेखि हो नि ! ओलीले प्रतिगमन गर्दा खेरी पनि यदि त्यतिवेला प्रचण्डलाई प्रधानमन्त्री दिएको भए उनी ओलीको विरुद्धमा प्रतिगमन भनेर नजाने रहेछन् भन्ने कुरा अहिले पुष्टि भयो । ओलीको प्रतिगमन चाहिँ प्रतिगमन नै हो, यसमा सत्यता नै छ ।

एजेण्डाभन्दा पनि पद र सत्तामा जान यो अवस्था आएको निष्कर्ष हो तपाईंको ?

यो त पहिलेदेखि नै हो । ओलीले प्रतिगमन गर्दा खेरी पनि यदि त्यतिवेला प्रचण्डलाई प्रधानमन्त्री दिएको भए उनी ओलीको विरुद्धमा प्रतिगमन भनेर नजाने रहेछन् भन्ने कुरा अहिले पुष्टि भयो । ओलीको प्रतिगमन चाहिँ प्रतिगमन नै हो, यसमा सत्यता नै छ । तर, प्रतिगमन भए पनि प्रचण्ड त्यतिवेला प्रतिगमनलाई स्वीकार गरेर प्रधामन्त्री हुन चाहेका रहेछन् । ओलीलाई पनि फेरि विनापद टिक्न नसकिने भयो । त्यसो भएको हुनाले ओलीको प्रतिगमन नै हो । यसमा कुनै शंका छैन । तर, ओलीको प्रतिगमन भनेर हाम्रो गठबन्धनमा प्रचण्ड सामेल भएका रहेनछन् भन्ने कुरा अहिले प्रमाणित भयो ।

नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछोड्ने बटमलाइन अघि सारेपछि प्रचण्ड गठबन्धन तोड्न बाध्य भयो भन्ने छ नि ?

प्रचण्डले दुई-दुई पटक प्रधानमन्त्री बनेर नेपालमा ठूलै इतिहास रचे भन्ने के छ र ? यो के नेपाली जनताले थाहा नपाएको कुरा हो र ? अनि के प्रचण्ड अन्तिम पटक प्रधानमन्त्री हुन लागेका हुन् र ?

देउवासँगको सहमतिअनुसार सुरुमा प्रचण्ड प्रधानमन्त्री हुन रहर लाग्नु स्वाभाविक होइन र ?

होइन, रहर पनि जायज हुनपर्‍यो नि ! केको लागि नेतृत्वमा जाने ? मुलुक बनाउन कि विदेशीको एजेण्डा कार्यान्वयन गराउन ? नेतृत्वमा जानुको आवश्यकता पनि हुन्छ नि त ! त्यो वेग्लै कुरा हो । तर, नेपालका राजनीतिक दलहरुको नेतृत्वमा जान हानथाप केको लागि ? नेपाली जनतालाई सुशासन दिन कि ? देशको सार्वभौम सत्ता, राष्ट्रियता र अखण्डताको रक्षा गर्न कि ? नेपाली जनतामा भएको बेरोजगारी अन्त्य गर्न कि ? केको लागि सत्तामा जाने ? विदेशीको भर्‍याङ चढेर र विदेशीको गोटी बनेर सत्तामा जानुपर्ने अर्थ नेपाली जनतालाई बताउनु परेन ?

सैद्धान्तिक रुपमा तपाईंले भनेको जस्तो होला । तर, प्राविधिक रुपमा कुरा कहाँनिर मिलेन ?

प्राविधिक कुराभन्दा पुस ९ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको छलफलमा म पनि सहभागी थिएँ । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, माओवादी नेता प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बीचमा पद बाँडफाँटमा कुरा नमिलेर रातिसम्म पनि रस्साकस्सी भयो । पछि १० गते बिहान ९ बजे एक चरण बसेर टुंगो लगाउने र कुरा टुंगिएपछि हामीलाई खबर गर्छौं भनेपछि हामी सबै उठेर हिँडेको हो ।

५ बजेसम्म राष्ट्रपति कहाँ जानुपर्छ भनेर १० गते बिहान ९ बजे टुंग्याउने कुरा भएर बिदावारी भएर निस्किएका हौं । त्यसपछि प्रचण्डले हिसाबकिताब गरेर कांग्रेसले आफूलाई प्रधानमन्त्री नदिने नै भयो भन्ने निष्कर्ष निकाले । प्रधानमन्त्री दिँदैन भन्ने ठानेपछि प्रचण्ड जो-जससँग मिलेर सत्तामा जान सकिन्छ त्यहाँतिरको बाटो लाग्नुभएको हो । नेपालका राजनीतिक दलहरुको नेतृत्वमा जान हानथाप केको लागि ? नेपाली जनतालाई सुशासन दिन कि ? देशको सार्वभौम सत्ता, राष्ट्रियता र अखण्डताको रक्षा गर्न कि ? नेपाली जनतामा भएको बेरोजगारी अन्त्य गर्न कि ?

कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछोड्ने भएपछि प्रचण्ड एमालेसँग गठबन्धन गर्न पुगेको होइन र ?

कारण त हुनसक्छ । सत्ता र शक्तिमै रमाएर बसिरहेको नेपाली कांग्रेस पनि त कम छैन । तर, भोलि बिहान बसेर हामी टुंगोमा पुगेपछि तपाईंहरुलाई बोलाउँछौं भनेको हो । उनीहरु बिहान बसेर के-के टुंगो लगाए, के भयो केही खबर भएन । जे होस् आखिर कुरा मिलेन । कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुबै छोडेन होला । हाम्रो धेरै सीट छ, त्यसो भएको हुनाले दुबै दिँदैनौं भन्यो होला । अनि दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई त हुन नपाएर खरो नै भइसकेको थियो र नभई नहुने थियो जसरी पनि ।

त्यसपछि उनी सीधै बालकोट निस्किहाले । उनी बालकोट जानुअघि नै आफ्ना प्रतिनिधिलाई पटक-पटक ओलीसँग भेटघाट गराइरहेका थिए । बाहिर जनतालाई भनिरहेका थिए फेरि कुनै पनि हालतमा प्रतिगमनकारी केपी ओली तथा नेकपा एमालेसँग कुनै पनि मूल्यमा साँठगाँठ हुँदैन, सत्ता र शक्तिका लागि एमालेसँग जाँदैन भनेर जनतालाई भ्रम पनि फैलाइरहेका थिए ।

प्रचण्डले आफूसँग ६० सीट रहेकाले आफू नै सरकार गठन प्रक्रियाको निर्णायक भएको त भन्दै आउनुभएको थियो नि ?

प्रचण्ड कसरी निर्णायक भयो ? त्यस्तो निर्णायक होइन नि ! अब त्यतिवेलाका प्रमुख प्रतिपक्षकै ७८ सीट छ । कांग्रेसको ८९ सीट छ । संसदभित्रका दुई ठूला वटा पार्टीले नेतृत्व नगरेर ३२ सीट रहेको माओवादीले यस्तो खालको खेल खेल्ने र खेलाउने भनेको त प्रजातान्त्रिक पद्धतिकै हिसाबले पनि यस्तो त नेपालमा मात्र हुन्छ ।

किनभने जुनसुकै मूल्य चुकाएर जसका एजेण्डा पूरा गर्ने कबुल गरेर भए पनि देशी विदेशीको इशारामा नेपालमा मात्र यस्तो प्रवृत्ति हुन्छ । यी प्रचण्ड जस्तै पात्रले यस्तो भूमिका निर्वाह गर्न सक्दछन् । अब एमालेकै ७८ सीट छ, उसले सरकारको नेतृत्व गर्न नहुने । यता कांग्रेसको ८९ सीट छ । उसले पनि सरकारको नेतृत्व गर्न नहुने । तर, ३२ सीट रहेको माओवादीले नेतृत्व गर्न पाउनुपर्छ भनेर गरिने खेल सामान्य होइन । यो नेपालीको खेल त होइन नि !

यसले संसदमा पहिलो र दोस्रो होइन कि तेस्रो दल हुँदा फाइदा हुने रहेछ भन्ने पनि लाग्न थाल्यो भन्ने छ नि ?

देश र जनताको चिन्ता गर्नेभन्दा पनि कमाउन, खान र देश लुट्न चाहनेले त यस्तो सोच बनाउँछन नि ! निर्णायक मत राखेर बस्दा खेरी फाइदा हुने रहेछ भनिहाल्छन नि ! जसलाई राजनीतिबाट निजी फाइदा उठाउनु छ, आफ्नो महत्वाकांक्षा पूरा गर्नु छ, उसका लागि त जुनसुकै मूल्य चुकाएर भए पनि सत्ता र शक्तिमा जानुपर्‍यो ।

त्यसैकारणले त देश र जनताको अवस्था लथालिंग र भताभुंग भएको हो । जनताले यति दुःख पाउनुको कारण नै यो हो । जेसुकै नीति अपनाएर भए पनि, जसको गोटी भएर भए पनि र जसका एजेण्डा कार्यान्वयन गर्न परे पनि सत्तामा जान पाउनुपर्‍यो । सिद्धान्त र नीतिका तथा जनता र देशका कुरा त भएन नि ! देखिहालियो नि छर्लङ्गै ।

गठबन्धन जोगाउन तपाईंले पनि त पहल गर्न सक्नुपर्थ्यो नि ?

कसले कसको भनेको मान्छ र ? मैले भनेकै हो नि, जसलाई तिमीहरुले प्रतिगमन भनेर गठबन्धन गर्‍यौं । पहिलो त गठबन्धनभित्रै घात गर्‍यौं तिमीहरुले भनें नि ! कांग्रेसलाई हराउने काम कांग्रेसले नै गरेको र माओवादीलाई हराउने काम माओवादीले गरेको त नेपाली जनताले नै देखे नि ! त्यो ती पार्टीका नेताहरुले नै भनेको र स्वीकारिसकेका छन् । पैसा पाएको अवस्थामा आफ्नो नेतालाई जिताउन लाग्ने तर पैसा नपाएको अवस्थामा आफ्नै पार्टीको नेतालाई हराउने काम त माओवादी र कांग्रेस दुवैले गरे । एमालेभित्र पनि त्यस्तै भएको हो । सबै पार्टीमा छ त्यो । संसदभित्रका ठूला दुइ वटा पार्टीले नेतृत्व नगरेर ३२ सीट रहेको माओवादीले यस्तो खालको खेल खेल्ने र खेलाउने भनेको त प्रजातान्त्रिक पद्धतिकै हिसाबले पनि यस्तो त नेपालमा मात्र हुन्छ ।

त्योभन्दा पनि तपाईंले किन गठबन्धन जोगाउन पहल गर्नुभएन ?

पहल गरेनौं होला र ! जसलाई तिमीहरुले प्रतिगमन भनेका छौं, हामीहरुले त्यो प्रतिगमन नै हो भनेका छौं । नेपालको संविधान च्यातचुत पार्ने, दुई-दुई पटक संसद विघटन गर्ने, न्यायपालिकाले गरेको निर्णय नमान्ने, संसद चल्नै नदिने । त्यस्तो तत्वसित कांग्रेस गएर घाँटी मिलाए पनि माओवादी गएर घाँटी मिलाए पनि र एकीकृत समाजवादी गएर घाँटी मिलाए पनि राष्ट्रिय जनमोर्चाले समर्थन गर्दैन भनेर बैठकमा नै भनेको हो मैले ।

माओवादी यति पर जान्छ भन्ने अपेक्षा थियो कि थिएन ?

केही भरोसा नै थिएन नि ! जे गर्न पनि तयार हुन्छन् । जसरी पनि सत्ता चाहियो । हामीलाई थाहा छ नि ! खेलाउँदै आएका छौं नि हामी सबै दल र नेतालाई । सबैसँग संगत गरेका छौं । सत्तामा पुग्न जे गर्न पनि तयार हुन्छन् ।

भनेपछि यो अवस्था आउनसक्छ भन्ने तपाईलाई पहिल्यै लागेको थियो ?

हो, मलाई शंका थियो । मैले प्रचण्डलाई त लामो समयदेखि नेपालको राजनीतिमा देखेको छु । कुनै वेला हामी एउटै पार्टीमा पनि थियौं । कांग्रेस पनि चिनेको छु । मैले खेलाएको छु, देखेको छु, भोगेको छु, जानेको छु । मैले कांग्रेस पनि चिनेको छु र माओवादीलाई पनि चिनेको छु । यतिमात्र नभएर दरबारियालाई पनि चिनेको छु ।

यो कुरा बुझाउन सक्नुभएन त्यसो भए तपाईंले कांग्रेसका सभापति देउवालाई ?

होइन, बुझाएर उनीहरु कहाँ मान्छन् ? ल तपाईंले बुझाएर कांग्रेसले मान्छ ? माओवादी र एमालेले मान्छन् तपाईं हामीले बुझाएर ? उनीहरुलाई त शक्ति राष्ट्रले पो बुझाउनुपर्छ । अब कांग्रेसलाई हराउन कांग्रेस हिँड्ने अनि माओवादीलाई हराउन माओवादी हिँड्ने, एमालेलाई हराउन एमाले हिँड्ने भएपछि नेपालको राजनीतिको हुने दुर्दशा यही होइन र ?

गठबन्धन टुटेपछि तपाईंहरुको छलफल भयो कि भएन ?

कहाँ हुनु र भएको छैन । पैसा पाएको अवस्थामा आफ्नो नेतालाई जिताउन लाग्ने तर पैसा नपाएको अवस्थामा आफ्नै पार्टीको नेतालाई हराउने काम त माओवादी र कांग्रेस दुवैले गरे । एमालेभित्र पनि त्यस्तै भएको हो । सबै पार्टीमा छ त्यो ।

अब गठबन्धनको बैठक हुनुपर्छ कि पर्दैन ?

होइन, बैठक त हुनसक्छ । तर, माओवादीसँग हुने कुरा भएन । ऊ त दरबार पसिसक्यो । अरु बाँकी दलसँग होला र हुनसक्छ । बैठक बस्न सक्छौं । छलफल होला ।

गठबन्धन घटक नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउने प्रयास भइरहेको छ नि ?

होला अब त्यो उहाँहरुका मान्छे पनि सत्ता नभइकन टिक्लान् जस्तो लाग्दैन मलाई । सत्ताको हरियो घाँस देखाएपछि लाग्न सक्छन् उनीहरु पनि ।

अनि तपाईंको पार्टीलाई बोलायो भने जाने कि नजाने ?

हामी जाँदैनौं ।

७ दलीय सत्ता गठबन्धनको सरकार कसरी अगाडि बढ्ला ?

शक्ति राष्ट्रको बलमा सत्ता गठबन्धन बनेकाले सबैभन्दा पहिले उनीहरुका एजेण्डा कार्यान्वयन गर्नतिर लाग्छन् । त्यही गर्न सत्तामा गएका हुन् यिनीहरु । तर, यो कुरा सत्य हो कि देउवा र प्रचण्डले पहिलो प्रधानमन्त्री हुनुपर्छ भन्नुको पछाडि यो एउटा हङ पार्लियामेन्ट भयो, दुई वर्षपछि संसद पनि रहन्न र सरकार पनि चल्दैन भन्ने डरले नै पहिले म हुनुपर्छ, पहिले म हुनुपर्छ भनेका हुन् ।

यसको मतलब अहिलेको संसद २ वर्षपछि रहँदैन भन्ने हो ?

उनीहरुसहित सबैलाई यो कुरा थाहा छ । किनभने ओली, देउवा र प्रचण्डको चाहनाले संसद र सरकार टिक्ने होइन ।

अहिलेको प्रचण्ड नेतृत्वको सरकारको भविष्य कस्तो देख्नुहुन्छ ?

यो त हामीले अनुमान गर्ने कुरा होइन । शक्ति राष्ट्रले कतिसम्म कसलाई टिक्न दिने, कसलाई शक्तिमा राख्ने र आफ्नो काम लिने भन्ने खेलोमेलो न हो यो । साँचो कुरा त एकपटक बाबुराम भट्टराईले भनेका थिए, ‘नेपाल चलाउने साँचो त बाहिर मुलुकसँग नै रहेछ ।’ त्यसैले कति दिनसम्म प्रचण्डलाई खान दिने, त्यसपछि सत्तामा कसलाई ल्याउने भन्ने कुरा तपाईं हाम्रो बसको भएन नि !नेपाली जनताले संघीयता बोक्नै सक्दैनन् । यसलाई खारेज गर्ने जनमत तयार गर्ने हो । हामीले गर्नुपर्ने धेरै कुरा छन् नि !

जसलाई प्रतिगामी भनेर २ वर्षसम्म जनताका बीचमा भ्रम पार्दै, झूटको खेती गर्दै हिँडेका थिए, उनैसँग सत्ता र शक्तिका लागि हातेमालो गर्नु, सामेल हुनु भनेको के हो ? अनि अमेरिकी नागरिक हो कि नेपाली नागरिक हो, त्यो नछुट्टिएको मान्छे जो अदालतमा मुद्दा छ उनैलाई उपप्रधान तथा गृहमन्त्री बनाएको दृश्य त देखिएकै छ नि ! यसले समग्र सरकार गठनको सिन देखाइसक्यो । अमेरिकी नागरिक हो कि नेपाली नागरिक हो भन्ने मान्छे उपप्रधान तथा गृहमन्त्री भइसक्यो । अब उसले के गर्ने हो ? अदालतले के गर्ने हो ? अदालतले नेपाली नागरिक ठहर्‍याउने कि अमेरिकी नागरिक ? अब अदालतलाई पनि कति दबाब पर्छ । तपाईं भन्नुस् न आफैं ।

त्यसो भए अहिलेको सत्ता गठबन्धनको साँचो कुन शक्ति राष्ट्रको हातमा छ ?

तपाईंलाई थाहा छ नि ! मलाई किन सोधिरहनुहुन्छ ?

नागरिकलाई सुनाइदिनुस् न तपाईंले नै ?

सर्वसाधारण नागरिकलाई पनि थाहा भैसक्यो नि सबै कुरा । यहाँ शक्ति राष्ट्रले आफ्नो पक्षमा काम गर्ने, आफ्ना एजेण्डा कार्यान्वयन गर्ने सरकार बनाउनुपर्छ, प्रशासनमा बस्ने मान्छे राख्नुपर्छ, मिडियालाई पनि आफ्नो पक्षमा प्रचार गर्ने राख्नुपर्छ भन्ने कुरा त भइरहेको छ नि ! नेपाल अर्ध-औपनिवेशिक राष्ट्र भनेको त्यही त हो । कुनै पनि मुलुक र देशमा यस्तो हुँदैन ।

प्रचण्ड प्रधानमन्त्री भइसकेपछि तपाईंको कुराकानी भयो कि भएन ?

केही कुराकानी भएको छैन ।

अब संसदमा तपाईं र तपाईंको पार्टीको भूमिका के हुन्छ ?

हामीलाई जनताले सत्तामा जान म्यान्डेट दिएका छैनन् । सत्तामा नगएर नबाँच्ने त अरु नै दल छन् यहाँ हामीभन्दा पनि । हामी प्रतिपक्षमा रहेर देश र जनताका समस्या, देशको राष्ट्रिताका समस्यालगायत यावत कुरामा जनतालाई खबरदारी गरेर जनमत तयार गर्दै नेपालमा जुन विकृति विसंगति छन्, यसका विरुद्धमा खबरदारी गर्ने हो । नेपाली जनताले संघीयता बोक्नै सक्दैनन् । यसलाई खारेज गर्ने जनमत तयार गर्ने हो । हामीले गर्नुपर्ने धेरै कुरा छन् नि ! नेपालप्रेश

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया