बैसाख १६, २०८३ बुधबार April 29, 2026

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

कोठामा जुवातास खेलिरहेको अवस्थामा ढकालसहित ९ जना प्रहरी नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जुवातास खेलिरहेकाे अवस्थामा नाैजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२६ मित्रनगर डेरा गरी बस्ने चितवन भरतपुर महानगरपालिका-१८ घर भएका ६६ वर्षीय होमनाथ ढकालको कोठामा जुवातास खेलिरहेको अवस्थामा ढकालसमेत ९ जनालाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

उनको कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६९ हजार रुपैयाँ र ६ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया