कार्तिक १४, २०८३ शनिबार October 31, 2026

सलमान खानको परिवारको शैक्षिक योग्यता कति ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अभिनेता सलमान खानको बलिउडमा अहिले पनि दबदबा कायमै छ । कपुर र बच्चन परिवारको जस्तै सलमानको परिवार पनि फिल्म उद्योगमा परिचित छन् । आफ्नो समयको प्रख्यात लेखक सलिम खानका चार सन्तान छन् ।

चारमध्ये सबैभन्दा बढी चर्चा सलमानकै हुन्छ । सलमान र उनको परिवारको बारेमा जोकोही परिचित छिन् । तर, सायद कमैलाई मात्र उनीहरूको शैक्षिक योग्यताका बारे थाहा छ । यहाँ उनीहरुको शैक्षिक योग्यताका बारेमा उल्लेख गरिएको छ ।

सलमान खान

अभिनेता सलमान कलेज ड्रप आउट हुन् । उनले आफ्नो सुरुवाती पढाई ग्वालियरको सिन्धिया स्कुलबाट गरेका थिए । त्यसपछि उनलाई पिता सलिम खानले मुम्बई बोलाए । मुम्बईमा सेन्ट स्टेनिसलस स्कुलमा उनी भर्ना भए । यहाँबाट स्कुल शिक्षा पुरा गरेपछि मुम्बईको सेन्ट जेवियर कलेजमा भर्ना भए । तर अभिनयमा पाइला चालेपछि उनले आफ्नो ग्रयाजुएसन बीचमा नै छोडदिए ।

अरबाज खान

अभिनेता अरबाजले ग्वालियरको सिन्धिया स्कुलमा आफ्नो पढाई पुरा गरेका छन् । यद्यपि उनले स्कुलपछि निर्देशनमा पाइला चाले ।

सोहेल खान

अभिनेता सोहेल खानले मुम्बईको स्टेनिसलस स्कुलबाट १२ कक्षासम्म पढेका छन् । सोहेल पाइलट बन्न चाहन्थे, यसका लागि उनले पाइलट तालिम कोर्षको लागि निवेदन पनि दिएका थिए । तर कमजोर दृष्टिका कारण उनी भर्ना हुन पाएनन् ।

अर्पिता खान

सलमानकी बहिनी अर्पिताको पढाई अब्बल छ । उनले लण्डनको कलेज अफ फेसनबाट फेसन र मेनेजमेन्टको पढाई पुरा गरेकी छन् ।

अलविरा खान

सलमानकी अर्की बहिनी अलविराले फेसन डिजाइनिङमा ग्राजुएसन गरेकी छन् । उनी फेसन डिजाइनरसँगै फिल्म निर्मात्री पनि हुन् ।

आयुष शर्मा

अर्पिताका पति आयुष शर्माले दिल्ली पब्लिक स्कुलबाट १२ पास गरेका छन् । आयुषको सुरुवातदेखि नै अभिनयप्रति चासो थियो । यही कारण उनले आफ्नो पढाई बीचमा नै छोडे ।

सलिम खान

सलमानका पिता सलीमले इन्दोरको सेन्ट रफेल्स स्कुलबाट १२ पास गरेका हुन् । उनले होलकर कलेजबाट बीए र एमएसमेत गरेका छ्न ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति बैठक स्थगित
२०८३ कार्तिक १४, शनिबार
शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व संकलन
२०८३ कार्तिक १४, शनिबार
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने
२०८३ कार्तिक १४, शनिबार
न्यायालयको पुनःसंरचनाका लागि संसद्मार्फत अघि बढ्ने रास्वपाको निष्कर्ष
२०८३ कार्तिक १४, शनिबार
चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्नेे निर्णय
२०८३ कार्तिक १४, शनिबार
संविधानप्रदत्त अधिकारलाई नै हवाला दिने र त्यसविरुद्धका गतिविधि स्वीकार्य हुँदैन : रवि लामिछाने
२०८३ कार्तिक १४, शनिबार
अध्यक्ष ओलीद्वारा संविधानसभा सदस्य तामाङको निधनप्रति श्रद्धाञ्जली व्यक्त
२०८३ कार्तिक १४, शनिबार