कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

गुनासोरहित हुनेगरी काम गर्न ७७ वटै जिल्लाका सिडिओहरुलाई गृहमन्त्री लामिछानेको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जनतालाई गुनासोरहित हुनेगरी सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुलाई निर्देशन दिएका छन् ।

सोमबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै मन्त्री लामिछानेले कतैबाट गुनासो आउन नदिनेगरी प्रभावकारीढंगले काम गर्न ७७ वटै जिल्लाका सिडिओहरुलाई निर्देशन दिएका हुन् ।

त्यस्तै मन्त्री लामिछानेले शीतलहर, जाडोका साथै प्राकृतिक प्रकोपबाट जनतालाई बचाउन योजनासहित काम गर्न पनि निर्देशन दिएको बताइएको छ ।

सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्नुका अलाबा राजश्व चुहावट नियन्त्रणका लागि पहल गर्न पनि सिडिओहरुलाई निर्देशन दिएका थिए ।

गृहमन्त्री भएर पदभार ग्रहण गरेकै दिन मन्त्री लामिछानेले गृहप्रशासन सुधारमा आफ्नो प्रयास रहने र विधिको शासन कार्यान्वयनमा सहयोग रहने प्रतिबद्धता जनाएका थिए । उनले निर्मला पन्त हत्या प्रकरणलाई तथ्यका आधारमा अनुसन्धान अघि बढाउन निर्देशन दिएलगत्तै प्रहरीले नायब महानिरीक्षक दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन पनि भइसकेको छ ।

यस्तै गृहमन्त्री लामिछानेले राहदानी विभागको समेत स्थलगत अनुगमन गरी सेवा सुधारका लागि आवश्यक निर्देशन दिइसकेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया