वैशाख १३, २०८१ बिहिबार April 25, 2024

जनमतले हामीलाई सरकार बनाउने जिम्मेवारी दिएपनि प्रतिपक्षमा बस्ने स्थिति बनेको छ । – रमेश लेखक (अन्तवार्ता)

सरकारले गरेका राम्रा कामलाई ठीक भन्नेछौँ र बेठीक कामलाई बेठीक भन्नेछौँ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कांग्रेसका लागि बदलिएको परिस्थिति छ । संसद्मा कसरी प्रस्तुत हुनेछ ?

जनमतले हामीलाई सरकार बनाउने जिम्मेवारी दिएको हो । तर, अहिलेको बदलिएको परिस्थितिमा हामी प्रतिपक्षमा बस्ने स्थिति बनेको छ । हामी सशक्त प्रतिपक्षका रूपमा रचनात्मक भूमिकामा रहनेछौँ ।हामी आलोचना मात्रै गर्नेछैनौँ । सशक्त प्रतिपक्षका रूपमा सरकारका गलत कामको प्रतिवाद गर्नेछौँ । रचनात्मक भूमिकामा रहेर सरकारले गरेका राम्रा कामलाई राम्रो भन्न पछि पर्नेछैनौँ ।

विशेष रूपमा कांग्रेसले कस्ता विषय संसद्मा उठाउनेछ ?

सरकारले गर्ने हरेक कामलाई अत्यन्तै सूक्ष्म रूपमा अध्ययन गर्नेछौँ । सरकारले गरेका राम्रा कामलाई ठीक भन्नेछौँ र बेठीक कामलाई बेठीक भन्नेछौँ । संविधानको सुरक्षा अहिलेको प्रमुख एजेन्डा हो । संविधानको सुरक्षाका लागि कानुन निर्माण हाम्रो पहिलो प्राथमिकतामा रहनेछ । समसामयिक विषयमा प्रतिपक्षका रूपमा उठाउनुपर्ने एजेन्डा हाम्रो प्राथमिकतामा रहनेछन् ।

संसद्मा पार्टीभित्रको अन्तर्विरोध देखिने अवस्थालाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?

पार्टीमा विभिन्न समस्या छन् । ती समस्यालाई हामी पार्टीभित्रै समाधान गर्नेछौँ । ती विवाद र समस्या संसद्मा देखिनेछैनन् । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया