कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलकाे बैठक शुरु, जनमत र नागरिक उन्मुक्तिका प्रतिनिधी अनुपस्थित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित मस्यौदा कार्यदलकाे बैठक शुरु भएको छ ।

मस्यौदालाई अन्तिम रूप दिन  उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक आज मध्यान्ह १२ बजेबाट शुरु भएको हो । सिंहदरबार स्थित अर्थ मन्त्रालयमा शुरु भएको बैठकमा सत्ता गठबन्धनका तर्फबाट राप्रपाका महामन्त्री धवल शम्शेर जवरा, माओवादी केन्द्रका नेता वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. मुकुल ढकाल तथा जनता समाजबादी पार्टिका रकम चेम्जोङ लगायतको उपस्थिति रहेको छ ।

अर्थ मन्त्रालयमा हिजो बिहीबार पनि कार्यदलको बैठक बसेको थियो । हिजोको बैठकमा कार्यदलका सदस्य नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अस्वस्थताका कारण अनुपस्थित भएपछि बिहीबारको बैठकले न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिएको थिएन ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा साझेदार दलका १–१ जना सदस्य रहेका छन् । सत्ता गठबन्धनमा सात दल रहे पनि जनमत पार्टी र नागरिक उन्मुक्तिका तर्फबाट भने कार्यदलमा प्रतिनिधित्व छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया