असार २४, २०८२ मंगलबार July 8, 2025

तीनै तहका सरकारलाई बैंक खाता अद्यावधिक गर्न राष्ट्र बैंकको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तीनै तहका सरकारलाई बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ। बैंकले विज्ञप्ती जारी गर्दै संघिय, स्थानीय, र प्रदेश सरकारलाई १० दिनभित्र बैंक खाता अध्यावधिक गर्न आग्रह गरेको हो।

खाता अद्यावधिक गर्न बैंकले गत पुस २७ गते नै परिपत्रजारी गरिसकेको थियो। तर हालसम्म पनिअद्यावधिक नभएपछि राष्ट्र बैंकले संघ, प्रदेश र स्थानीय सरकारलाई पुनः आग्रह गरेको हो।

यस्तै बैंकले क, ख र ग वर्गका बैंक तथावित्तीय संस्थाहरूलाई गत असोज १७ गतेबाट सरकारी खाता निर्देशिका २०७६ कार्यान्वयनमा ल्याएको थियो।

उक्त निर्देशिका अनुसार संघ, प्रदेश र स्थानीयतहका विभिन्न समुहका खाता अद्यावधिक गर्न यस अघि २७ पुसमा परिपत्र जारी गरेको वित्रप्तीमा उल्लेख छ।

महालेखा नियन्त्रकको कार्यालयले चैत २७गते खाताहरू अद्यावधिक भएन–भएको अनुगमन गरेर जानकारी गराउन राष्ट्र बैंकलाई आग्रह गरेको थियो।

सोहीपत्रलाई आधार मानी केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई १० कार्य दिन भित्र तीनै तहका सरकारका विभिन्न खाताहरू अद्यावधिक गरेर राष्ट्र बैंकको सरकारी लेखा विभाग र महालेखा नियन्त्रक कार्यालयलाई जानकारी गराउन बैंकले आग्रह गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार