असोज ३, २०८३ शनिबार September 19, 2026

प्रेस स्वतन्त्रताका लागि प्रावधान संशोधन हुनुपर्छ – देउवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कामाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रतालाई कुण्ठित बनाउने प्रावधान संशोधनको प्रक्रिया अघि बढाउन माग गर्नुभएको छ ।

व्यवस्थापिका संसदमा शनिबार विशेष समय लिएर नेता देउवाले प्रेस स्वतन्त्रताविना लोकतन्त्र सुदृढ हुन नसक्ने भएकाले कानून संशोधनको तयारी शुरु गर्न माग गर्नुभयो ।

देउवाले भन्नुभयो–बालिकामाथि हुने गरेको बलात्कारको शृङ्खलामा सरकारले दोषी पत्ता नलगाउँदा असन्तुष्टि बढेको छ, प्रधानमन्त्रीले कस्तो लोकतन्त्रको अभ्यास गर्दै हुनुहुन्छ, यस्ता घटनाका दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याइनुपर्छ ।

सरकारले संविधानको धारा २५० बमोजिम प्राकृतिक स्रोत तथा वित्तीय आयोग गठन नगर्दा करका विषयमा समस्या आएकाले शीघ्र गठन गर्नुपर्ने उहाको भनाई थियो ।

विपक्षि दलका नेता समेत रहेका देउवाले उखु किसानले मूल्य नपाएको र किसानले समयमा मल नपाएकाले उचित व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘संविधानका विभेदकारी प्रावधान सच्याउन पुनर्लेखनसम्म जानुपर्छ’ : जसपा अध्यक्ष, उपेन्द्र यादव (अन्तवार्ता)
२०८३ असोज ३, शनिबार
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना
२०८३ असोज ३, शनिबार
संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड
२०८३ असोज ३, शनिबार
कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि वडा तहबाट सुरु
२०८३ असोज ३, शनिबार
पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
२०८३ असोज ३, शनिबार
आज कागे अष्टमी पर्व मनाइँदै
२०८३ असोज ३, शनिबार
परिवारले मृत्यु स्वीकारे, राज्यको सूचीमा अझै बेपत्ता
२०८३ असोज ३, शनिबार