काठमाण्डौंः उपप्रधानमन्त्री तथा नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव भेटवार्ता भएको छ । बुधबार बिहान सिंहदरबारमा मन्त्री श्रेष्ठ र राजदूत श्रीवास्तवबीच भेटवार्ता भएको हो ।
उक्त भेटमा उहाँहरुबीच नेपाल र भारतको वर्षौंदेखिको मित्रतालाई प्रकाश पार्दै जनस्तरको सम्बन्धका तथा दुई देशबीचको द्विपक्षीय हित र विकासका विषयमा छलफल भएको बताईएको छ ।
यस्तै भारतीय राजदूतले नेपालका उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएकामा श्रेष्ठलाई बधाई दिएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया