कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

प्रधानमन्त्री प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच भेटवार्ता

प्रधानमन्त्रीलाई विश्वासको मत दिन नेपाल र यादव सकारात्मक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः विश्वासको मत र सरकार गठनका सम्बन्धमा  प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड),नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादववीच छलफल भएको छ ।

नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान भएको छलफलमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने  कुरामा नेपाल र यादव सकारात्मक देखिनु भएको छ ।

बैठक पछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्नुहुँदै प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आजको छलफल सकारात्मक रुपमा अघि बढेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले यही पुस २६ गते संसदमा विश्वासको मत लिदैहुनुहुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया