असार २२, २०८२ आइतबार July 6, 2025

यो सब आफूलाई ‘राष्ट्रवादी’ र अर्कालाई ‘अराष्ट्रिय’ देखाउन फैलाइएको हौवा मात्र हो । – प्रा. लोकराज बराल (अन्तवार्ता)

नेताहरूका यस्ता वक्तव्यबाजी या भाषणबाजीले कूटनीतिमा अप्ठ्यारो पार्छ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एमाले अध्यक्ष केपी ओलीले ‘छिमेकी पर्खाल नाघेर पसेर सरकार फेरफार गर्न खोज्दै छन्’ भन्नुको अर्थ के हो ?

यो सब आफूलाई ‘राष्ट्रवादी’ र अर्कालाई ‘अराष्ट्रिय’ देखाउन फैलाइएको हौवा मात्र हो । हाम्रो जस्तो खुला समाज, कमजोर नीति, नियम भएको देशमा विदेशी राजदूत या प्रतिनिधिसित भेटघाट, छलफल र सरसल्लाह भइरहेकै हुन्छ । स्वयं ओलीजीसँगै पनि धेरैको भेटघाट, कुराकानी भइरहेकै होला । यसलाई अन्यथा भन्न मिल्दैन । तर, अरूले यसो गरे, उसो गरे भनेर हल्ला गर्नुको साटो हामीले आफ्नो क्षमता आफैँले बढाउने हो । बाहिरबाहिर उफ्रिएर हुँदैन ।

कूटनीतिमा यस्ता अभिव्यक्तिको कस्तो महत्व हुन्छ ?

यस्तो अभिव्यक्तिलाई कूटनीति भनिन्न । कूटनीतिमा यस्तो बोलिँदैन । कूटनीति शान्त हुन्छ । भेटघाटका क्रममा आफ्नो असन्तुष्टि देखाउन या व्यक्त गर्न सकिन्छ । तर, यसरी बाहिरबाहिर छिमेकीविरुद्ध बोलिन्न । नेताहरूका यस्ता वक्तव्यबाजी या भाषणबाजीले कूटनीतिमा अप्ठ्यारो पार्छ ।

नेपालमा हरेक नयाँ सरकार गठनसँगै छिमेकीको संलग्नताबारे चर्चा किन सुनिन्छ ? 

हाम्रा दुई छिमेकी भारत र चीनको सम्बन्धमा पनि तीव्र प्रतिस्पर्धा छ । अमेरिका र चीनको सम्बन्ध पनि उस्तै छ । उनीहरूबिच शंका उपशंका पनि छ । यस्तोमा हाम्रो जस्तो भूराजनीतिक महत्व बोकेको देशमा विदेशी शक्ति राष्ट्रहरूले चासो राख्नु अन्यथा होइन । यस्तोमा हामीले आफू बलियो बन्ने हो, उनीहरूलाई गाली गर्ने होइन ।नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार