कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

प्रदेश १ का मुख्यमन्त्री कार्कीले गठन गरे तीन सदस्यीय मन्त्रिपरिषद्

एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्तिप्रसाद सिटौला र जसपाका निर्मला लिम्बू विनाविभागीय मन्त्रीमा नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्तिप्रसाद सिटौला र जसपाबाट निर्मला लिम्बूलाई विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश १ मा चार सदस्यीय मन्त्रिपरिषद् विस्तार

फाइल तश्वीर

एमालेका मेन्याङ्बो ताप्लेजुङको प्रदेशसभा १ बाट र सिटौला झापा क्षेत्र नम्बर ४ को प्रदेश (२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । लिम्बू भने जसपाकी समानुपातिक संसद हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया