मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालमा थप ४ जनामा सङ्क्रमण पुष्टी, ३ जना कोरोना मुक्त

कोरोना सङ्क्रमण मुक्त हुने दर ९८.८ प्रतिशत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४१६ जनाको पीसीआर परीक्षण गर्दा ४ जना र ६७६ जनाको एन्टीजेन परीक्षण गर्दा शुन्य जना सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा अवधिमा ३ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा शुन्य जनाको मृत्यु भएको छ । यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार २० जना पुगेको छ ।

नेपालमा हाल २५ जना सक्रिय सङ्क्रमित छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया