काठमाडौंः सरकारले बालबालिकालाई दादुरा र रुबेला भाइरसबाट बचाउन नौ देखि १५ महिना पुगेका बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेला भाइरसबाट बचाउन नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा दादुराविरुद्धको खोप लगाउन आग्रह गरेको हो ।
दुई डोज खोप लगाएमा यसको प्रभावकारिता ९७ प्रतिशत हुने विभिन्न अध्ययनले देखाएको छ । खोपबाट बचाउन सकिने रोगहरूमध्ये दादुरा रोगले बालबालिकाहरूको बढी मृत्यु गराउँछ ।
यदि कुनै कारणवश खोपको कुनै पनि मात्रा लगाउन छुटेको भएमा जति सक्दो चाडै २४ महिनाभित्र दुवै खोपको मात्रा पूरा गराउन मन्त्रालयको आग्रह छ । चिकित्सक अनुसार दादुरा अति छिटो सर्ने सङ्क्रामक रोग हो, जुन मिजल्स भाइरसको कारणबाट लाग्ने गर्छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया