वैशाख २६, २०८१ बुधबार May 8, 2024

राष्ट्रपतिको निर्वाचनमा पुग्दासम्म कांग्रेस र एमाले दुवैले दाबी गर्न सक्छन् । – झलक सुवेदी (अन्तवार्ता)

भित्रभित्रै कुनै सहमति बनेको रहेछ भने खासै अचम्म मानिरहनुपर्दैन ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कांग्रेसले सरकारलाई विश्वासको  मत किन दियो होला ?

कांग्रेस १० पुसको ‘कोर्स करेक्सन’ को प्रयासमा देखिन्छ । ऊ एमाले र माओवादी सकभर एकअर्कामा निर्भर भएर नजिकियून् भन्ने पनि चाहँदैन । सायद त्यसैले पनि उसले सरकारलाई विश्वासको मत दिएको हुनुपर्छ । साथै, हाम्रो संविधानले मिश्रित प्रणाली अपनाएको हुनाले विभिन्न दल र ‘क्लस्टर’हरू मिलेरै जानुपर्ने बाध्यता छ ।

फेरि नेपाली राजनीतिको अहिले नेतृत्वमा रहेको पुस्ताले हिजो सँगै जेलनेल भोग्यो । सँगै आन्दोलनका मोर्चामा लड्यो । दलहरू विगतमा कहिले कसको नेतृत्वमा त कहिले कसको नेतृत्वमा सरकारमा पनि बसेकै हुन् । प्रतिस्पर्धाका बाबजुद मिलेरै जाने ‘कल्चर’ उनीहरूमा देखिन्छ । उनीहरूबिच वैचारिक दुरी पनि खासै छैन । त्यसैले पनि कांग्रेसले सरकारलाई विश्वासको मत दिएको हुनुपर्छ ।

यसरी विश्वासको मत दिनुमा भित्री लेनदेनको सम्भावना देख्नुहुन्छ कि देख्नुहुन्न ?

लेनदेनको प्रस्ट ‘मोडालिटी’ बनिसकेको जस्तो त लाग्दैन । तर, भित्रभित्रै कुनै सहमति बनेको रहेछ भने खासै अचम्म मानिरहनुपर्दैन ।

कांग्रेसको विश्वासको मतले संघदेखि प्रदेशसम्मका सरकार गठनमा के प्रभाव पार्ला ?

अहिले केन्द्रमा पनि आंशिक रूपमा सरकार बनिसकेको र प्रदेशमा पनि लगभग भागबन्डा भइसकेको अवस्थामा तत्कालै संघदेखि प्रदेशसम्मका सरकार गठनमा तात्विक असर गर्ला जस्तो लाग्दैन । तर, राष्ट्रपतिको निर्वाचनमा पुग्दासम्म कांग्रेस र एमाले दुवैले दाबी गर्न सक्छन् । यस्तोमा प्रधानमन्त्री प्रचण्ड चेपुवामा पर्ने सम्भावना चाहिँ देखिन्छ ।नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया