कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

सभामुख चयनका लागि गण्डकी प्रदेशमा आज निर्वाचन हुँदै

सत्तारूढ गठबन्धनले नेकपा (माओवादी केन्द्र)का कृष्णप्रसाद धिताललाई उम्मेदवार बनायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गण्डकी प्रदेशले आज सभामुख पाउँदैछ । जसका लागि आज दिउँसो ३ बजे गण्डकी प्रदेशसभामा सभामुखको निर्वाचन हुँदैछ ।

सभामुखका लागि सत्तारूढ गठबन्धनले नेकपा (माओवादी केन्द्र)का कृष्णप्रसाद धिताललाई उम्मेदवार बनाएको छ ।

धिताल गोरखा क्षेत्र नं १ (१) बाट गण्डकी प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनलाई सभामुख बनाउनका लागि माओवादी गण्डकी प्रदेश संसदीय दलको बैठकले सर्वसम्मव उम्मेदवार बनाएको हो ।

प्रदेशसभाको बैठक शुक्रबार पनि बसेको थियो । सो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य मित्रलाल बस्यालले गरेका थिए ।

उनै बस्यालले प्रदेश सभामुख चयन गर्न शनिबार बैठक बोलाएका हुन्। गण्डकीमा नेकपा एमालेले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने यसअघि नै सत्ता गठबन्धनमा सहमति भइसकेको छ ।

सहमति अनुसार नै गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भइसकेका छन् । उनले शुक्रबार नै प्रदेशसभाबाट विश्वासको मत पाइसकेका छन् ।

आज हुने सभामुखको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो उम्मेदवार तय गरिसकेको छैन । गण्डकीमा ६० सदस्य प्रदेशसभा रहेको छ ।

जसमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेस रहेको छ । उसको २७, त्यस्तै एमालेको २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र एक सांसद छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला गोल्डकप : गाईघाटलाई हराउँदै स्वर्णिम सेमिफाइनलमा
२०८३ कार्तिक ३०, सोमबार
धान काट्न व्यस्त छन् इलामका किसान
२०८३ कार्तिक ३०, सोमबार
कोप–३१ सफल बनाउन वार्तामा लचकता अपनाउन सबै राष्ट्रलाई साइमन स्टिलको आग्रह
२०८३ कार्तिक ३०, सोमबार
मिनी संसद्को विधायिकी कार्य सुस्त
२०८३ कार्तिक ३०, सोमबार
आजको मौसम : कोशीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसदहरूमा बढ्दो विदेश भ्रमणको मोह
२०८३ कार्तिक ३०, सोमबार
एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा
२०८३ कार्तिक ३०, सोमबार