कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट वार्ता भएकाे छ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएकाे हाे। ‍बैठकमा  मन्त्रिपरिषद विस्तारलाई पूर्णता दिने र समसामयिक राजनीतिक विषयका बारेमा छलफल भइरहेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

आगामी माघ ५ गते प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुँदैछ। संविधानको धारा ९१ को उपधारा (१) मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ।

भेटवार्ता जारी नै रहेकाे सचिवालयले जनाएकाे छ। यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भइ ११ गते पद तथा गाेपनीयताकाे शपथ लिएका प्रधानमन्त्री प्रचण्डले तत्काल सानाे आकारकाे मन्त्रिमण्डल गठन गरे पनि यसले पूर्णता भने पाएकाे छैन।

मन्त्रिपरिषद् बिना विभागीय ४ सहित ८ सदस्यीय छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला गोल्डकप : गाईघाटलाई हराउँदै स्वर्णिम सेमिफाइनलमा
२०८३ कार्तिक ३०, सोमबार
धान काट्न व्यस्त छन् इलामका किसान
२०८३ कार्तिक ३०, सोमबार
कोप–३१ सफल बनाउन वार्तामा लचकता अपनाउन सबै राष्ट्रलाई साइमन स्टिलको आग्रह
२०८३ कार्तिक ३०, सोमबार
मिनी संसद्को विधायिकी कार्य सुस्त
२०८३ कार्तिक ३०, सोमबार
आजको मौसम : कोशीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसदहरूमा बढ्दो विदेश भ्रमणको मोह
२०८३ कार्तिक ३०, सोमबार
एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा
२०८३ कार्तिक ३०, सोमबार