कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

विद्यालय तहमै योग शिक्षाको अध्ययन गराउन आवश्यक: प्रधानमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय तहमा नै योग शिक्षाको अध्ययन/अध्यापन गराउन सरकारले भूमिका खेल्ने बताएका छन् ।

आइतबार आठौँ राष्ट्रिय योग दिवसका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा उनले मानिसलाई मानसिक रूपले तन्दुरुस्त बनाउन विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउनुपर्ने बताए । विद्यालय र विश्वविद्यालय तहमै योग शिक्षालाई प्राथमिकता दिएर अघि बढाउन सके नेपालबाट संसारभर योग प्रशिक्षक दिन र नेपाललाई नयाँ पहिचान दिन सक्ने उनले उल्लेख गरे ।

भौतिक विकासले मात्र मानिस सम्पन्न बन्न नसक्ने भन्दै उनले योग शिक्षाबाट नै आध्यात्मिक, मनोवैज्ञानिक चेतनाको विकास अपरिहार्य भएको बताए । भौतिक रूपले सम्पन्न देशहरूमा धेरै डिप्रेसन र आत्महत्याका घटनाहरू भएको भन्दै उनले मानसिक रूपमा पनि चुस्त रहन आवश्यक रहेको बताए ।

मानिसको आध्यात्मिक चिन्तन, मनोविज्ञान, ध्यान, योगको कमीका कारण आइरहेका समस्या समाधान गर्न योग, ध्यान र साधनाको आवश्यक रहेको उनको भनाइ छ । अहिले सारा विश्व, योग, ध्यान र साधनातिर केन्द्रित रहेको भन्दै योग र साधना नेपालको संस्कृति, सम्पदा र पहिचानको आधार भएको उनले बताए ।

‘पूर्वीय सभ्यताको आधारशीला योग र ध्यान, आध्यात्मिक चिन्तनलाई मानिन्छ । अहिले पूरै संसार नै योग र ध्यानतिर आकर्षित र केन्द्रित छ । पूर्वीय सभ्यताको पनि नेपाल त्यसको धरोहर हो भन्न पाउँदा हामी सबै नेपालीलाई गर्वको महसुस हुन्छ । हाम्रो इतिहास, संस्कृति, परम्परामा योग र ध्यानसँगै नै अन्तर्निहित रहेका छन् । हाम्रो सांस्कृतिक धरोहरहरू हेर्‍यो भने मठ, मन्दिर, गुम्बा सबैमा पनि योग आधारित भएर बनेका थिए । त्यसकारण नेपालमा योग, ध्यान र आध्यात्मिक चिन्तनको परम्परा धेरै पुरानो परम्परा हो । हाम्रो संस्कृति, सम्पदा र पहिचानको आधार हो,” उनले भने, “संयुक्त राष्ट्रसंघले योग दिवस मनाउने भनेपछि संसारभर नै जिज्ञासा र अभिरुचि बढेको छ । भौतिक रूपले धेरै नै विकसित भनेका देशमा पनि मानिसको आध्यात्मिक चिन्तन, मनोविज्ञान, ध्यान, योगको कमीका कारण थुप्रै डिप्रेसनतिर जाने गरेका छन् । भौतिक रूपले सम्पन्न र विकसित देशहरूमा तथ्यांकहरू हेर्दा मानसिक रूपले कमजोर भएको तथ्यांकहरू धेरै छ ।

आत्महत्यका तथ्यांकहरू त्यहाँ नै बढी छन् । मानव जातिका लागि भौतिक विकासले मात्रै मानव जातिको रक्षा गर्न सक्दैन । मानवका लागि भौतिकका साथै आध्यात्मिक, मनोवैज्ञानिक चेतनाको विकास अपरिहार्य छ । त्यस खालको सन्तुलन कायम गर्न योग र ध्यान सर्वोत्तम उपाय हो भन्ने कुरा वैज्ञानिक रूपले प्रमाणित भइसकेको छ । भौतिक रूपले मात्रै सम्पन्न गराउने नभई मानिसलाई मानसिक रूपले पनि तन्दुरुस्त राख्न विद्यालय तहमा नै योग शिक्षा अघि बढाउने र विश्वविद्यालयसम्म लग्यो भने मात्रै संसारभर योग प्रशिक्षक दिन र नेपाललाई नयाँ पहिचान दिन सक्छौँ ।”

प्रधानमन्त्री प्रचण्डले योग शिक्षालाई जनस्तरमा पुर्‍याउन सरकारका तर्फबाट संस्थागत व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । उनले संस्कृति, पहिचान र परम्पराको जगेर्ना गर्न र आफू चुस्त रहन योग शिक्षालाई संरक्षण गर्न आवश्यक भएको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला गोल्डकप : गाईघाटलाई हराउँदै स्वर्णिम सेमिफाइनलमा
२०८३ कार्तिक ३०, सोमबार
धान काट्न व्यस्त छन् इलामका किसान
२०८३ कार्तिक ३०, सोमबार
कोप–३१ सफल बनाउन वार्तामा लचकता अपनाउन सबै राष्ट्रलाई साइमन स्टिलको आग्रह
२०८३ कार्तिक ३०, सोमबार
मिनी संसद्को विधायिकी कार्य सुस्त
२०८३ कार्तिक ३०, सोमबार
आजको मौसम : कोशीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसदहरूमा बढ्दो विदेश भ्रमणको मोह
२०८३ कार्तिक ३०, सोमबार
एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा
२०८३ कार्तिक ३०, सोमबार