भाद्र ४, २०८३ बिहिबार August 20, 2026

राष्ट्रिय शोकमा कर्णाली प्रदेशसभाको बैठक स्थगित

यती एयरलाइन्सको विमान दुर्घटनाको शोकका कारण बैठक मंगलबारसम्म स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : राष्ट्रिय शोकका कारण कर्णाली प्रदेशसभाको आज तोकिएको पहिलो अधिवेशनको चौथो बैठक स्थगित गरिएको छ ।

पोखरामा आइतबार विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकका कारण बैठक स्थगित गरिएको हो ।

काठमाडौँदेखि पोखराका लागि ६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित उडेको यति एयरलायन्सको एटिआर–७२ को विमान पोखराको नयाँ गाउँस्थित सेती नदीको खोँचमा परी दुर्घटना भएको थियो ।

दुर्घटनापछि सरकारले राष्ट्रिय शोकका आज बिदा दिएसँगै प्रदेशसभाले आज बस्ने भनेको बैठक स्थगित गरेको हो ।

विमान दुर्घटनामा परेर ठूलो जनधनको क्षति भएको यस घटनाले मुलुक नै शोकमा डुबेकोले प्रदेशभसाको आजको बैठक स्थगित गरिएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताउनुभयो ।

उहाँका अनुसार प्रदेशसभाको उक्त बैठक कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९३० बमोजिम भोलि माघ ३ गते मङ्गलबार दिनको १ बजे बस्नेगरी सूचना प्रकाशित गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया