श्रावण ३, २०८२ शनिबार July 19, 2025

मड्रिडलाई हराउँदै बार्सिलोनालाई सुपर कप उपाधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः रियल मड्रिडलाई ३–१ ले हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ ।

आइतबार राति भएको फाइनलमा बार्सिलोनाको जितमा गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले एक एक गोल गरे । रियलका करिम बेन्जिमाले एक गोल फर्काए ।

खेलको ३३ औं मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । ४५ औं मिनेटमा लेवान्डोस्कीले दोस्रो गोल गरे । ६९ औं मिनेटमा पेड्रीले गोल गर्दा बार्सिलोना जिततर्फ बढेको थियो । खेलको इन्जुरी समयमा बेन्जिमाले अग्रता ३–१ मा झारेका थिए ।

प्रशिक्षक जाभि होर्नान्डेजको प्रशिक्षणमा बार्सिलोनाले पाँच वर्षपछि सुपर कपको उपाधि जितेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया