कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

तेस्रो पटक सांसद बन्नुभएका मोदी सामान्य प्रशासनमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएका अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्नुभएको छ ।

तेस्रो पटक सांसद बन्नुभएका मन्त्री मोदीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरी मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको छ । मोरङको बूढीगङ्गा गाउँपालिका–६ मा २०४२ असोज ५ गते स्व पवनलाल मोदीको सन्तानका रुपमा जन्मिनुभएका नवनियुक्त मन्त्री मोदीले स्नातकसम्म अध्ययन गर्नुभएको छ । उहाँका श्रीमती र दुई छोरा छन् ।

विसं २०५६ मा अखिल क्रान्तिकारीको एकाइ सदस्य हुँदै विद्यार्थी राजनीतिमा आबद्ध हुनुभएका मन्त्री मोदीले अनेरास्ववियु (क्रान्तिकारी) को मोरङ जिल्ला अध्यक्ष भएर काम गर्नुभएको थियो । नेकपा (एमाले) बाट राजनीति सुरु गर्नुभएका मन्त्री मोदी पछि नेकपा (माओवादी) मा आबद्ध भएर काम गर्नुभयो ।

मन्त्री मोदीले २०५८ सालमा थारु राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सदस्य तथा जिल्ला र केन्द्रमा विभिन्न सङ्गठनमा काम गर्नुभएको छ । उहाँ नेकपा (माओवादी केन्द्र) को नेता हुनुहुन्छ । मन्त्री मोदी २०७० मा समानुपातिकबाट संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो । उहाँले संविधान लेखनको मस्यौदा समितिमा रहेर कामसमेत गर्नुभयो ।

कृषि र विकासमा विशेष रुचि राख्नुहुने मन्त्री मोदीले २०६० सालमा पक्राउ परी दुई वर्ष तीन महिना जेल जीवन बिताउनुभएको थियो । राजनीतिक आन्दोलनका क्रममा उहाँ पटकपटक हिरासतमा बस्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोप–३१ सफल बनाउन वार्तामा लचकता अपनाउन सबै राष्ट्रलाई साइमन स्टिलको आग्रह
२०८३ कार्तिक ३०, सोमबार
मिनी संसद्को विधायिकी कार्य सुस्त
२०८३ कार्तिक ३०, सोमबार
आजको मौसम : कोशीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसदहरूमा बढ्दो विदेश भ्रमणको मोह
२०८३ कार्तिक ३०, सोमबार
एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा
२०८३ कार्तिक ३०, सोमबार
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ कार्तिक ३०, सोमबार
जथाभाबी एन्टिबायोटिक प्रयोग : बढ्दै छ औषधी प्रतिरोधको जोखिम
२०८३ कार्तिक ३०, सोमबार