बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

आमा बितेको ६ दिनपछि नेपाल छिर्न पाए बासुदेव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी । लकडाउनका कारण आमाको मृत्यु भएर पनि भारतमै (नेपाल भारत सीमा नजिक) क्वारेन्टाइनमा बस्न बाध्य क्रिया पुत्रीलाई आज दार्चुला ल्याईएको छ । उनी आमाको मृत्युको ६ दिन पछि घर फर्केका हुन् ।

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ का ३४ वर्षीय बासुदेव भट्टलाई आइतबार दार्चुलाको दत्तु स्थित झोलुङ्गे पुलको ढोका खोली नेपाल प्रवेश गराईएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताएका छन ।

स्थानीय प्रशासन र भारतीय सुरक्षा अधिकारीको समन्वयमा दत्तु स्थित झोलुंगे पुलमा लगाएको ताला खोली उनलाई नेपाल प्रवेश गर्न दिईएको हो । भारतको धार्चुलामा लकडाउनमा फसेका उनले आमाको मृत्युको खवर पाएपनि दागवत्ती दिन पाएनन ।

उनलाई दार्चुला प्रवेश गराउन भारतीय सुरक्षाअधिकार, नेपालको सशस्त्र प्रहरी प्रहरी, प्रहरी र स्थानीय प्रशासनका प्रतिनिधि पुलमा पुगेका थिए । भारतीय सुरक्षाअधिकारीले क्रियापुत्री भट्टलाई नेपाली समकक्षीलाई हस्तान्तरण गरेका हुन ।

आमाको मृत्युमा दागवत्ती दिन समेत झोलुंगे पुल नखोलेको भन्दै सरकार र स्थानीय प्रशासनको सामाजिक संजाल देखि मिडियामा चर्को आलोचना भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ : अध्यक्ष नारायण दाहाल
२०८३ बैसाख १८, शुक्रबार