वैशाख १६, २०८१ आइतबार April 28, 2024

१ लाख ४० हजार घुससहित ईन्जिनियर पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत ईन्जिनियर रामचन्द्र साह १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई मंगलबार कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो ।

निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा ईन्जिनियर साहलाई पक्राउ परेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए  ।

ईन्जिनियर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको छ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया