वैशाख १६, २०८१ आइतबार April 28, 2024

हत्या अभियोगमा एकजना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  धरान उपमहानगरपालिका-५ आपटारका ३५ वर्षीय विकास भन्ने हर्कबहादुर राई हत्या अभियाेगमा पक्राउ परेका छन् ।

आपटारकै ४९ वर्षीय कुमार बुढाथोकीलाई हत्या गरेको अभियोगमा उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हाे । राईको खुकुरी प्रहारबाट कुमारको घटनास्थलमै मृत्यु भएको हाे ।

आराेपी राईले खुकुरी प्रहार गर्दा  ३५ वर्षीया मन्जु भन्ने गोमा खड्का राईसमेत घाइते भएकी छन् । उनलाई उपचारको लागि विजयपुर अस्पताल हुँदै घोपा अस्पताल धरान पठाइएको छ ।

आराेपी राईलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेकाे हाे ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया