जनकपुरधाम । धनुषामा आपसी विवाद हुँदा छोराले बुवाको हत्या गरेका छन्।
धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर ९ मा आइतबार राति १० बजेको समयमा विवाद हुँदा फलामको रडले टाउकोमा हानी बुवाको हत्या गरेको इलाका प्रहरी कार्यालय यदुकोहाका प्रहरी निरीक्षक दिपकबाबु केसीले जानकारी दिएका छन् ।
करिब ५५ वर्ष उमेर रहेका सौखिया सादालाई उनका आफ्नै छोरा करिब २८ वर्षीय नथुनी सदाले रडले टाउकोमा प्रहार गर्दा घटना स्थलमै मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताएका छन् । घटना पश्चात् फरार रहेका छोरालाई राती नै पक्राउ गरेको उनले बताएका छन ।
घटनाबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया