जेठ ६, २०८१ आइतबार May 19, 2024

न्युजिल्याण्डसँगको एकदिवसीय क्रिकेट शृङ्खला भारतले जित्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः न्युजिल्याण्डसँगको एकदिवसीय क्रिकेट शृङ्खला भारतले जितेको छ । राजपुरमा भएको दोस्रो खेल ८ विकेटले जितेसँगै एक खेल अघि नै भारतले शृङ्खला जितेको हो ।

न्युजिल्याण्डले दिएको एक सय ९ रनको सामान्य लक्ष्य भारतले २० ओभर एक बलमा २ विकेट गुमाएर भेटायो । भारतका रोहित शर्माले ५१ र शुभमन गिलले नटआउट ४० रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डका ग्लेन फिलिप्सले सर्वाधिक ३६ रन बनाए । भारतका मोहम्मद शामीले तीन तथा वासिङ्टन सुन्दर र हार्दिक पाण्ड्याले दुई/दुई विकेट लिए । यी दुईदेशबीच तीन खेलको टी–ट्वेण्टी शृङ्खला पनि हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया