माघ १६, २०७९ सोमबार January 30, 2023

प्रधानमन्त्री प्रचण्ड र सुदूरपश्चिमका मुख्यमन्त्री रावलबीच बालुवाटारमा वान टु वान

मुख्यमन्त्री रावललाई विश्वासको मत जुटाउन सकस पछी केन्द्रको सहमति खोज्दै काठमाडौँमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न मुख्यमन्त्री रावल सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।

उहाँहरुबीच बधाई तथा शुभकामना आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्री रावललाई विश्वासको मत जुटाउन सकस परेको छ।

२७ पुसमा नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावल माओवादी, राप्रपा र नागरिक उन्मुक्तिको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। माघ २७ भित्र मुख्यमन्त्री रावलले प्रदेश सभामा बहुमत सिद्ध गर्न सक्नु पर्छ।

तर नागरिक उन्मुक्ति पार्टीको अडानले मुख्यमन्त्री रावललाई विश्वासको मत जुटाउन सकस परेको हो। उनी केन्द्रको सहमति खोज्दै काठमाडौँ आएका छन्। सभामुख चयनका नागरिक उन्मुक्तिले अडान राख्दा तेस्रो प्रयासमा सुदूरपश्चिममा सभामुख निर्वाचित भएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया