असार २३, २०८२ सोमबार July 7, 2025

युवा क्रिकेटर थापा मगर यु १९ विश्वकप छनौटमा

एसिया डिभिजन एक छनोटमा नेपालले युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुरसँग प्रतिस्पर्धा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आगामी फेब्रुअरी अन्तिममा युएईमा हुने आइसिसी यु–१९ पुरूष विश्वकप एसिया छनोटका लागि अर्घाखाँची जिल्लाका युवा क्रिकेटर उत्तम थापा मगर पनि खेल्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार उत्तम थापा मगर सहित १४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । टोलीमा चार जना वैकल्पिक खेलाडी राखिएको छ ।

एसिया डिभिजन एक छनोटमा नेपालले युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । उक्त प्रतियोगिताको विजेताले सन् २०२४ मा श्रीलंकामा हुने यु–१९ विश्वकप खेल्न पाउनेछ ।

टिममा अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं। ६ खिल्जीका उत्तम थापा मगर सहित देव खनाल, गुलशन झा, दुर्गेश गुप्ता, अर्जुन कुमाल, हेमन्त धामी, दिपक बोहरा, आकाश त्रिपाठी, दीपेश कँडेल, सुवास भण्डारी, दीपक बोहरा, विशाल केसी, मिलन बोहरा र दीपक डुम्रे छन्।

वैकल्पिक खेलाडीहरूमाा प्रज्वल थापा, तुलबहादुर थापा, राजेश यादव र निर्मल थापा छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार