वैशाख १९, २०८१ बुधबार May 1, 2024

स्पेनका लागि नेपालका राजदूत ढकालद्वारा युएनडब्लूटीओका महासचिव समक्ष ओहोदाको प्रमाणपत्र पेस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्पेनका लागि नेपालकी राजदूत तथा स्थायी प्रतिनिधि डा. शर्मिला पराजुली ढकालले संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठन (युएनडब्लूटीओ) का महासचिव जुराब पोलोलिकासभिलीलाई संस्थाको मुख्यालयमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् ।

ओहोदा कार्यक्रमपछि राजदूत डा पराजुलीले युएनडब्लुटीओलाई नेपालको पूर्ण समर्थन रहेको बताउँदै विश्व पर्यटनलाई आकार दिन संस्थाले खेलेको महत्वपूर्ण भूमिकालाई प्रकाश पारिन ।

राजदूत डा. पराजुलीले नेपालमा सन् २०२३ को मार्च १५देखि १७ सम्म क्षेत्रीय प्राविधिक कार्यशाला आयोजना गरेकोमा महासचिवलाई धन्यवाद दिइन । साथै, महासचिव पोलोलिकासभिलीले नेपाल र युएनडब्लुटीओ बीचको विद्यमान सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरे ।

उनले नेपाललाई पर्यटन क्षेत्रका विभिन्न क्षेत्रमा युएनडब्लुटीओको निरन्तर सहयोग रहने आश्वासन पनि दिए । दुवै पक्षले नेपालको पर्यटन प्रवर्द्धन र प्रवद्र्धन गर्न, नेपाल र युएनडब्लुटीओबीच थप सम्भावित सहयोग क्षेत्रहरू पहिचान गर्ने विषयमा छलफल भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अफगानिस्तानको मस्जिदमा आक्रमण, सुरक्षाका लागि भक्तजनको अपिल
२०८१ वैशाख १९, बुधबार
इजरायल–हमास सम्झौताका लागि वातावरण बनाउन अमेरिका ‘कटिबद्ध’ छ : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
२०८१ वैशाख १९, बुधबार
झापामा हात्तीपाइलेका तीनजना नयाँ बिरामी फेला
२०८१ वैशाख १९, बुधबार
भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालका पाँच दललाई निमन्त्रणा, को को जादैछन् ?
२०८१ वैशाख १९, बुधबार
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
२०८१ वैशाख १९, बुधबार
आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
२०८१ वैशाख १९, बुधबार
नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा चार जना पक्राउ
२०८१ वैशाख १९, बुधबार