वैशाख २५, २०८१ मंगलबार May 7, 2024

चोरीको चुरोट किन्ने वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पक्राउ परेका व्यक्तिले चुरोट वडा अध्यक्षले खरिद गरेको बयान दिएपछि प्रहरी चकित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बाराको कलैया उपमहानगरपालिका–३ का वडा अध्यक्ष मोहन साह कानु प्रहरी नियन्त्रणमा परेका छन् । चोरीको चुरोट बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

गणेश साहले सञ्चालन गरेको गोदामको ताल्चा फोडेर २ कार्टुन चुरोट चोरी भएको थियो । चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका व्यक्तिले चुरोट वडा अध्यक्षले खरिद गरेको बयान दिएपछि उनलाई सोधपुछका लागि बोलाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया