वैशाख २०, २०८१ बिहिबार May 2, 2024

राजनीतिक स्थायित्वका लागि समीकरण टुट्न दिन हुँदैन : ईश्वर पोखरेल

चारैतिरको घेराबन्दीका बीचमा पनि एमाले अहिले नेतृत्वदायी भूमिकामा रहेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन नहुने बताएका छन् । उनले अहिले बनेको समीकरण अनुसार नै अगाडि बढ्नुपर्ने उल्लेख गर्दै राजनीतिक दलहरुबीच भएको सहमतिलाई अक्षरसः पालना गर्नुपर्ने बताए ।

नेकपा एमाले सिन्धुपाल्चोक मोर्चा सङ्गठनद्वारा आज दोलालघाटमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले चारैतिरको घेराबन्दीका बीचमा पनि एमाले अहिले नेतृत्वदायी भूमिकामा रहेको बताए । एमाले राष्ट्रिय राजनीतिको मियो रहेको उनको भनाइ थियो ।

“एमाले प्रतिकूलतालाई चिर्दै अघि बढेको छ”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने– “यो समीकरणलाई टुट्न र भत्कन दिनु हुँदैन ।” उनले सबैलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए ।

अहिलेको समीकरण राजनीतिक स्थायित्वका लागि भएको उल्लेख गर्दै पोखरेलले हिजोको कमीकमजोरीबाट अनुभव र शिक्षा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । एमाले मत मिलाउने मात्रै नभई मन मिलाउने पार्टी भएको उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कस्तो छ भन्सालीको हिरामण्डी सिरिज ?
२०८१ वैशाख २०, बिहिबार
आफूलाई बलात्कार मुद्दामा फसाउने ‘षडयन्त्रकारीको नाम चाँडै सार्वजनिक हुन्छ’ : सन्दीप लामिछाने
२०८१ वैशाख २०, बिहिबार
नेपाल र वेस्ट इन्डिज ए बीचको चौथो खेल आज हुँदै
२०८१ वैशाख २०, बिहिबार
सुदूरपश्चिमका मुख्यमन्त्रीले भोली विश्वासको मत लिने
२०८१ वैशाख २०, बिहिबार
यस्तो छ आजको लागी विदेशी मुद्राको विनिमय दर
२०८१ वैशाख २०, बिहिबार
गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
२०८१ वैशाख २०, बिहिबार
कामपा शिक्षा विभागको निर्णयविरुद्ध प्याब्सन र एन प्याब्सनआबद्ध विद्यालयले सर्वोच्चमा दोस्रो रिट दायर गर्ने
२०८१ वैशाख २०, बिहिबार