असार २४, २०८२ मंगलबार July 8, 2025

एशियाकै अग्लो झोलुङ्गे पुल निर्माण सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पर्वत । छिमेकी जिल्ला बागलुङलाई पर्वतको कुश्मासँग जोडने गरी निर्माण भएको एशियाकै लामो झोलुङ्गे पुल सम्पन्न भएको छ । एक वर्षअघिदेखि निर्माण शुरु भएको पुल यसै सातादेखि सञ्चालनमा आएको हो ।

कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीबाट बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको हो । पुल निर्माणको सम्पूर्ण काम सकिएको निर्माण कम्पनी थानी, बिएलटी हिमशिखर कन्स्ट्रक्सनका प्रतिनिधि नरहरि खड्काले जानकारी दिएका छन ।

पुलको आज गते उद्घाटन गर्ने कार्यक्रम तयार भए पनि लकडाउनका कारण प्रभावित भएको खड्काले बताएका छन । कालिगण्डकी नदीमाथि बनेको झण्डै १३० मिटर अग्लो झोलुङ्गे पुलको लठ्ठा तान्न गाह्रो र चुनौतीपूर्ण भए पनि आधुनिक प्रविधिको सहायताले नमूना परियोजना सम्पन्न भएको ठेकेदार कम्पनीका प्रतिनिधि खडकाको भनाइ छ । लकडाउन अवधिमा पनि १६ कामदारले नियमित काम गरेका थिए ।

निर्माणको काम सकिएपछि उनीहरु पाङतर्फको भागमा बसेका छन् । पुलमा २८ वटा लठ्ठा तानिएको छ । पुलमा कूल ९४५ स्टिलडेक (फ्ल्याक) बिछ्याइएको छ । पुलको प्रति वर्गफिटमा चार जना अट्न सक्ने क्षमता रहेको र पुल भरिभराउ भए पनि थेग्न सक्ने क्षमताको रहेको छ । पुल लामो हुने भएकाले बाइक सञ्चालनमा रोक लगाइने छ । पुलको आयु ५० वर्षसम्म रहेको छ ।

पुल निर्माणपछि बागलुङ बजारसँग व्यावसायिक सम्बन्ध रहेका कुश्मा नगरपालिका, जलजला गाउँपालिका वासीलगायतका जनताका लागि सहज पहुँच पुग्नेछ । कालिगण्डकी नदीमाथि बनेको उक्त पुल बागलुङ प्रवेशद्वार मालढुङ्गा बजार, मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर सडकखण्डको ठिकमाथि रहेकाले पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने कुश्मा नगरपालिका–१ पाङका वडाध्यक्ष देवेन्द्र सुवेदीले बताएका छन।

‘सस्पेन्सन’ पुल विभागमार्फत भएको खुला बोलपत्र प्रक्रियाबाट निर्माणको जिम्मेवारी थानी÷बिएलटी÷हिमशिखर जेभी निर्माण कम्पनीले रु छ करोड ९१ लाखमा ठेक्का सम्झौता लिएको थियो । उक्त पुल नेपाली इञ्जिनीयरले नै डिजाइन गरेका थिए । यो पुल एशियाकै लामो पुल भएको निर्माण कम्पनीको जिकि छ । कञ्चनपुरको महाकाली नदीमा बनाइएको मल्टिस्पान प्रकृतिको चाँदनी–दोधारा पुल एशियामा लामो मानिने भए पनि यहाँ बन्न लागेको पुल खुला प्रकृतिको पहिलो हो ।

चाँदनी–दोधारा पुलमा १४–१५ वटा टावर राखेर बनाइएको छ भने बागलुङमा बनेको पुल खुला आकाशमा बनेकाले पनि यस प्रकृतिको पुल नेपालकै सबैभन्दा लामो पुल रहेको निर्माण कम्पनीका प्रतिनिधि खड्काको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार