असार २४, २०८२ मंगलबार July 8, 2025

लकडाउनमा एनटीसीले दुई दिन नि:शुल्क कल सेवा उपलब्ध गराउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल टेलिकमले लकडाउनमा आफन्तसँग कुरा गर्न नपाएका झण्डै २ लाख ग्राहकलाई निशुल्क कल गर्ने सुविधा दिएको छ।

ग्राहकले उक्त सुविधा दुई दिनको लागि हुने र सोमबार राति १२ बजेदेखि लागु भइसकेको टेलिकमका प्रवक्ता राजेश जोशीले बताएका छन।

उनले भने, ‘सरकारको निर्णय अनुसार टेकलिमका झण्डै २ लाखभन्दा बढी सिम प्रयोगकर्ताले निःशुल्क सेवा लिन पाउनेछन् जसको ब्यालेन्स न्यून भई बन्दाबन्दी (लकडाउन) मा आफन्तसँग सम्पर्क गर्न पाएका छैनन्।’

यसका साथै टेलिकमले ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरको लागि निम्न अनुसार प्याकेज प्रदान गर्ने भएको छ।

१. निम्न अनुसारको जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराउने : २५ वटा अन-नेट एसएमएस ५० मिनेट अन-नेट भ्वाइस १०० एमबी डाटा प्याकेजको अवधि ७ दिनको हुने

२. सो प्याकेज आगामी २ दिन सम्म उपलब्ध गराइनेछ।

३. सो प्याकेजको प्राप्त गर्ने ग्राहकहरूलाई एसएमएस मार्फत जानकारी पठाइने।

४. सो एसएमएसको निर्धारित जवाफ एसएमएस मार्फत पठाएर प्याकेज लिन सकिने।

५.सो प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाई जानकारी गराइने।

६. सो प्याकेज कम्पनीका जिएसएम तथा सिडिएमए प्रिपेड ग्राहकलाई माथिको नियम अनुसार उपलब्ध गराइने।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार