वैशाख १६, २०८१ आइतबार April 28, 2024

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै

नागरिकता प्राप्त गरेपछि दिउँसो बैठक बस्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः आज राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ । उपप्रधान तथा गृहमन्त्री लामिछानेले राजीनामा दिएपछि पहिलो पटक बैठक बस्न लागेको हो ।

बैठकमा केन्द्रीय सदस्य र सांसदहरूकाे सहभागिता रहने केन्द्रीय कार्यालयले जनाएकाे छ । लामिछानेले नागरिकता प्रमाणपत्र लिन कानूनी प्रक्रियासहित केहीबेर अघिमात्र काठमाडाैं जिल्ला प्रशासन कार्यालय पुगेका छन् । नागरिकता प्राप्त गरेपछि दिउँसो बैठक बस्ने तयारी गरिएको जनाइएकाे छ ।

बैठकमा पछिल्लाे राजनीतिक घटनक्रम र पार्टीकाे आगामी कार्यनीतिबारे छलफल हुने बताइएकाे छ ।

अमेरिकी नागरिकता त्या गरेपनि नेपाली नागरिकता लिइनसकेको ठहर गर्दै शुक्रबार मात्र सर्वोच्च अदालतले रबिको सांसद पद, रास्वपाका अध्यक्ष, गृहमन्त्री पद सबै खारेज गरिदिएको थियो ।

रास्वपा उनैले गएको भदौमा गठन गरी दर्ता गराएका थिए । गएको मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा रास्वपा २० सिटसहित राष्ट्रिय चौथो दलको स्थानमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया