असार २३, २०८२ सोमबार July 7, 2025

एउटै अस्पतालका १९ जना नर्ससहित २५ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नयाँ दिल्ली । भारतको पुनेस्थित रुबी हल क्लिनिकका १९ नर्ससहित २५ स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण भएको छ। तर उनिहरु सबैमा कोरोना भाइरस संक्रमणको कुनै लक्षण नदेखिएको अधिकारीहरुको भनाई उदृत गर्दै भारतीय मिडिया द हिन्दुले उल्लेख गरेको छ।

अस्पतालमा कार्यरत एक हजार कर्मचारीमा पछिल्ला १५ दिनमा कोरोना भाइरस संक्रमणको परिक्षण गरिएको रुबी हल क्लिनिक प्रमुख कार्यकारी अधिकृत बोमी भोटेले बताएका छन्। संक्रमित सबैलाई आईसोलेसनमा राखेर उपचार भइरहेको छ। भोटेका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

अस्पतालमा कार्यरत एक कर्मचारी कोरोना संक्रमणबाट उच्च प्रभावित क्षेत्रमा बस्ने भएकाले सबै कर्मचारीमाथी परिक्षण सुरु गरिएको रुबी हल क्लिनिक प्रशासनले जनाएको छ।

गत अप्रिल १२ तारिखमा उक्त अस्पतालमा कार्यरत ४५ वर्षीया नर्समा कोरोना भाइरस संक्रमण देखिएको थियो। उनी विदा सकेर काममा फर्किएकी थिइन् । कोरोना संक्रमणको लक्षण देखिएपछि उनको परिक्षण गरिएको थियो। लगत्तै पुनेकै सेसुन अस्पतालमा कार्यरत चार जना नर्सलाई पनि कोरोना संक्रमण देखिएको थियो।

अप्रिलको पहिलो साता पुनेकै एक अस्पताल र मेडिकल कलेजका चिकित्सक र नर्ससहित ४० जनालाई क्वारेन्टाइनमा राखिएको थियो। दुर्घटना भएर अस्पतालमा उपचार गर्न पुगेका एक रिक्सा चालकलाई पछि परिक्षण गर्दा कोरोना भाइरस संक्रमण पनि देखिएपछि अस्पतालमा कार्यरत नर्स र चिकित्सकलाई क्वारेन्टाइनमा राखिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार