वैशाख २५, २०८१ मंगलबार May 7, 2024

रियलको उपाधि होडमा धक्का

रियल ४२ अंकसहित दोस्रो स्थानमा रहेको छ भने सोसिडाड ३९ अंकसहित तेस्रो स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रियल सोसिडाडसँग घरेलु मैदानमा बराबरीमा रोकिएपछि साबिक विजेता रियल मड्रिडको उपाधि होडमा ठुलो धक्का लागेको छ । गोलरहित बराबरीमा रोकिएपछि रियल शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ५ अंकले पछि परेको हो ।

बार्सिलोनाले शनिबारलाई जिरोनालाई हराउँदै शीर्ष स्थानमा पकड बलियो बनाएको थियो । आइतबार राति भएको खेलमा ब्राजिलियन विंगर भिनिसियस जुनियरले गोलका लागि तीनवटा सुन्दर अवसर पाएका थिए । तर, सोसिडाडका गोलकिपर एलेक्स रेमिरोले एकपछि अर्को बचाऊ गर्दै घरेलु टोलीलाई निराश बनाएका थिए ।

बराबरीपछि रियल ४२ अंकसहित दोस्रो स्थानमा रहेको छ भने सोसिडाड ३९ अंकसहित तेस्रो स्थानमा छ । आइतबार नै ओसासुनालाई हराएको एट्लेटिको मड्रिड अंक तालिकामा चौथो स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया