वैशाख २५, २०८१ मंगलबार May 7, 2024

मुख्यमन्त्री जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा डीपी ढकाल

भक्तपुरका ढकाललाई मुख्यमन्त्रीको सल्लाहकार नियुक्त गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा डीपी ढकाल नियुक्त भएका छन् । आज बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले भक्तपुरका ढकाललाई मुख्यमन्त्रीको सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ढकाल पार्टीको अर्थ तथा योजना विभाग सदस्य समेत हुन् । उनले माओवादीको केन्द्रीय घोषणा पत्र लेखन समितिका सदस्य भएर काम गरेका थिए ।

अर्थ तथा राजनीति क्षेत्रका जानकार मानिने ढकाल अर्थमन्त्री जनार्दन शर्माको प्रमुख स्वकीय सचिव भएर पनि काम गरेका थिए । उनले हालै ‘समाजवाद र नेपाल’ नामक पुस्तक सार्वजनिक गरेका थिए । हालसम्म उनका ६ वटा पुस्तक प्रकाशित भइसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया