श्रावण ५, २०८२ सोमबार July 21, 2025

सन्दीपको निलम्बन फुकुवाबारे छलफल गर्न क्यानको बैठक बस्दै

पोखरामा बस्ने बैठकमा नेपाल टी-२० लिग विवादमा छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज बस्दै छ । पोखरामा बस्ने बैठकमा नेपाल टी-२० लिग विवादमा छलफल हुनेछ ।

बैठकमा नेपाल टी-२० लिग प्रतियोगितामा भएको खर्च विवरण, सीआईबीले दिएको जानकारी र राखेपबाट गठन गरिएको छानबिन कार्यदलको रिपोर्टका आधारमा प्राप्त निर्देशनका विषयमा छलफल हुने बताइएको छ ।

त्यसैगरी पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाका बारेमा निर्णय हुने बताइएको छ । बैठकमा यू-१९ राष्ट्रिय टीमको कप्तान र उपकप्तान मनोनयनका विषयमा पनि छलफल हुने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया