श्रावण ३, २०८२ शनिबार July 19, 2025

खेलकुद महासंघको दोस्रो महाधिवेशन ७ फागुनदेखि विराटनगरमा हुने

फागुन ७ गते हुने महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमालेको जन वर्गीय संगठन नेपाल खेलकुद महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन फागुन ७ गतेदेखि ९ गतेसम्म विराटनगरमा हुने भएको छ।

फागुन ७ गते हुने महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । महासंघका अध्यक्ष पशुराम बस्नेतका अनुसार महाअधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

महाधिवेशनको तयारी सुरु भएको जानकारी दिँदै बस्नेतले यो महाधिवेशन समग्र खेल क्षेत्रमा लाग्नेहरूको लागि उत्सवको रूपमा रहने बताए । महाधिवेशन उद्घाटनको दिन कराँँते,उषु, तेक्वान्दो लगायत अन्य खेलहरु प्रर्दशन गरिने र दोस्रो राष्ट्रिय महाधिवेशनको गितमा सांस्कृतिक कार्यक्रम समेत हुने बताए ।

महाधिवेशन सम्पन्न गर्न हाल कायम रहेको २१६ सदस्यीय केन्द्रिय कमिटी नै मुल व्यवस्थापन समिति रहने तथा प्रदेश न. १ र मधेश प्रदेश महासंंघका जिम्मेवार कमरेडहरुको महाधिवेशन व्यवस्थापनमा विशेष सहभागिता रहने निर्णय गरिएको बताए। यिनै निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन कार्यक्रम आयोजना गरिएको हो। उक्त कार्यक्रममा १५ वटा उप समितिका संयोजक तथा सदस्यहरु पनि चयन गरिएको थियो ।

राजनैतिक,सांगठनिक प्रतिवेदन लेखन उप-समितिका संयोजक क.कृष्ण बस्नेत, प्रतिनिधि व्यवस्थापन उप-समितिका संयोजक क.दिपेन्द्र दाहाल, विधान मस्यौदा उप-समितिका संयोजक क.भिम ओलि, आर्थिक व्यवस्थापन उप-समितिका संयोजक क.रुपेश अधिकारी, सहसंयोजक क.उज्ज्वल सुवेदी, स्वयंसेवक तथा सुरक्षा व्यवस्थापन उप-समितिका संयोजक क.शिवजी गुप्ता, खाद्यान्न व्यवस्थापन उप-समितिका संयोजक क.सन्तोष श्रेष्ठ, मञ्च व्यवस्थापन उप-समितिका संयोजक क.नन्दा बस्याल, जन परिचालन उप-समितिका संयोजक क.सन्तोष बान्तवा, खेलखुद प्रदर्शन उप-समितिका संयोजक क.ओम कृष्ण प्रसाईं, अतिथी सत्कार उप-समितिका संयोजक क.सम्भु पौडेल, आवास व्यवस्थापन उप-समितिका संयोजक क। विप्लव घोष, प्रचारप्रसार तथा मिडिया समन्वय उप-समितिका संयोजक क.तिर्थ बहादुर खड्का, स्वास्थ्य उप-समितिका संयोजक क. दिपक न्यौपाने, यातायात तथा ट्राफिक व्यवस्थापन उप-समितिका संयोजक क.सलिल प्रधान, जनसम्पर्क समन्वय उप-समितिका संयोजक क.रोहित कोइराला रहेको छन्।

बस्नेतले महाधिवेशनको उद्घाटन १० हजारभन्दा बढीको सहभागितामा आमसभाका रूपमा गरिने भन्दै बन्द सत्रमा समेत करिब ६ सय प्रतिनिधि, पर्यवेक्षक तथा खेल क्षेत्रका अगुवालगायतका १ हजारभन्दा बढीको सहभागिता हुने जानकारी दिए।

खेल क्षेत्रलाई महत्त्व दिने पार्टी नेकपा एमाले नै रहेको भन्दै उनले खेलकुद महासंघले खेलकुदको प्रवर्धन गर्दै खेलाडीहरूको हितका लागि नीति निर्माणमा पार्टीलाई दबाब दिने र यस क्षेत्रको समग्र विकासका लागि प्रयत्न गर्ने मुख्य उद्देश्य रहेको बताए ।

आजै आर्थिक उप-समितिको बैठक बसि आर्थिक बजेट सङ्कल्न गर्ने र अरु १४ वटा उप-समितिको बैठक छिटै बसि सभ्य र भब्य तरिकाबाट महाधिवेशन सम्पन्न गर्ने मिडिया समन्वय उप समितिका संयोजक तथा महासंघको प्रवक्ता तिर्थ बहादुर खड्काले बताए। नेपाल खेलकुद महासंघको इन्चार्ज तथा सांसद गोकुल बासकोटाको प्रमुख उपस्थितिमा बैठक सम्पन्न भएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार