श्रावण ५, २०८२ सोमबार July 21, 2025

सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

सन्दीपमाथिको निलम्बन फुकुवा गर्ने क्यानको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल क्रिकेट संघ क्यानले पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । मंगलबार पोखरामा बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले सन्दीपमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

बलात्कार आरोपमा पक्राउ परेपछि क्यानले लामिछानेलाई निलम्बन गरेको थियो । त्यसपछि उच्च अदालत पाटनले उनलाई धरौटीमा छाड्ने निर्णय गरेसँगै निलम्बन फुकुवा गर्ने निर्णय गरेको क्यानले जनाएको छ ।

दुई हप्ताअघि उच्च अदालतले लामिछानेलाई २० लाख रुपैयाँ धरौटी लिएर शर्तसहित छोडेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया