श्रावण ५, २०८२ सोमबार July 21, 2025

क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा

नेपाल टी-२० लिगमा विवाद, फिक्सिङ, तथा तीव्र आलोचनापछि मल्लले दिए राजीनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् । मल्लले पोखरामा मङ्गलवार बसेको बोर्ड बैठकमा राजीनामा दिएका हुन् । नेपाल टी-२० लिगमा विवाद, फिक्सिङ, तथा तीव्र आलोचनापछि मल्लले राजीनामा दिएका हुन् ।

२०७६ असोज ११ मा क्यानको निर्वाचनबाट उनी केन्द्रीय सदस्यमा नियुक्त भएका थिए । क्यानका सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि एक वर्ष अघि कार्यवाहक सचिवको जिम्मेवारी मल्लले पाएका थिए ।

मल्लले राजीनामा दिएसँगै क्यानका कार्यवाहक सचिवको जिम्मेवारी केन्द्रीय सदस्य दुर्गाराज पाठकले पाएका छन् । पोखरा बोर्ड बैठकका निर्णय र पछिल्लो समय क्यानमा देखिएको विवाद सन्दर्भमा जानकारी दिन केही बेरमा पत्रकार सम्मेलन गर्ने तयारी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया