श्रावण ४, २०८२ आइतबार July 20, 2025

क्यानद्वारा क्रिकेट खेलाडीको नयाँ ग्रेडिङ, ज्ञानेन्द्र मल्ल ‘बी’ मा परे

जनवरीदेखि जुनका लागि १८ पुरुष र १२ महिला खेलाडीलाई करारमा राख्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका सदस्यहरुको वर्गीकरण गरेको छ । पोखरामा भएको कार्यसमितिको बैठकले जनवरीदेखि जुनका लागि १८ पुरुष र १२ महिला खेलाडीलाई करारमा राख्ने निर्णय गरेको हो ।

यसअनुसार ग्रेड एमा रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी र आशिफ शेख छन् । ग्रेड बीमा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल छन् भने कमल सिंह ऐरी, विनोद भण्डारी, गुल्सनकुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादवलाई ग्रेड सीमा राखिएको छ ।

महिलातर्फ रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा ग्रेड एमा परेकी छन् भने बीमा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य र कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम छिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया