मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

एपीएफसँग आर्मी सोझो सेटमा पराजित

खेलको पहिलो सेट २५–१७ ले जितेको एपीएफले दोस्रो सेटमा २५–१७ को जित निकाल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं: शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आइतबार सशस्त्र प्रहरी बलको एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलको पहिलो सेट २५–१७ ले जितेको एपीएफले दोस्रो सेटमा २५–१७ को जित निकालेको थियो।

तेस्रो सेटमा निरीह बनेको आर्मी १५ अंक मात्र बनाउन सक्यो। शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा आर्मी न्यू डायमन्ड क्लबसँग सोझो सेटमै पराजित भएको थियो। एपीएफले भने नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरेको थियो।

प्रतियोगितामा यीनै चार टिम सहभागी छन्। प्रतियोगिताको विजेताले तीन लाख तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, तेस्रो हुनेले ७५ हजार प्राप्त गर्नेछ।

सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही १५ हजार प्रदान गर्ने आयोजकको तयारी छ। एक उदीयमान खेलाडीले १५ हजार प्राप्त गर्नेछन् भने प्रत्येक खेलको प्लेयर अफ दी म्याचले १० हजार प्राप्त गर्छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री पोखरेल
२०८३ मंग्सिर ५, शनिबार