मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

स्पेनिस ला लिगा फुटबल : बार्सिलोनाको सहज जित

बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडमाथि आठ अङ्कको अग्रता बनायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोनाले सेभियामाथि सहज जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई ३–० गोलले हरायो ।

जितसँगै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडमाथि आठ अङ्कको अग्रता बनाएको छ । बार्सिलोनाको जितमा जोर्डी अल्वा, पाब्लो गाभी र राफिन्हाले गोल गर्नुभयो । सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा बार्सिलेनाले ५८औं मिनेटमा अल्वाको गोलमा खाता खोलेको थियो ।

त्यसपछि ७०औं मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाउनुभयो । ७९औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई सजिलै जिताउनुभयो । जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले २० खेलबाट ५३ अङ्क बनाएको छ ।

दोस्रो स्थानमा रहेको रियलको ४५ अङ्क छ । पराजित सेभिया २१ अङ्कसहित १६औं स्थानमा छ । आइतबार राति नै भएको खेलमा रियल मालोर्कासँग १–० गोलले पराजित भयो । यस हारले रियलले बार्सिलोनासँग दूरी छोट्याउने मौका गुमायो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री पोखरेल
२०८३ मंग्सिर ५, शनिबार