श्रावण ६, २०८२ मंगलबार July 22, 2025

केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबलको उपाधी न्यु डायमन्डले जित्यो

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी न्यु डायमन्डकी प्रतिभा माली घोषित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः होङ्गवान्जी न्यू डायमन्ड युथ स्पोर्टस् क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७९को उपाधी जितेको छ । आज सम्पन्न फाईनलमा साविक विजेता एपिएफ क्लबलाई ३–२ सेटमा पराजित गर्दै न्यु डायमन्डले उपाधी उचालेको हो ।

निकैनै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट २८–२६ले जितेको न्यु डायमन्डले दोश्रो सेट १९–२५ले एपिएफलाई सुम्पन पुग्यो । यस्तै तेश्रो सेट पुनः २५–२२ ले आफ्नो पक्षमा पारेको डायमन्ड चौथो सेट पुनः एपिएफलाई २४–२६ ले सुम्पन पुग्यो । २–२ को बरावरीको अवस्थमा अन्तिम तथा निर्णायक सेट न्यु डायमन्डले १५–९ ले आफ्नो पक्षमा पार्न सफल भए पश्चात उपाधी जितेको हो । उपाधी विजेता न्यु डायमन्डले नगद ३ लाख ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । न्यु डायमन्डीकी प्रगती नाथ प्लेयर अफ दी म्याच घोषित हुँदै नगद १० हजार र ट्रफी प्राप्त गर्न सफल भईन् ।

उपबिजयी एपिएफले नगद १ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । द्वितीयको पुरस्कार रासी चाँगुनारायण नगरपालिकाले प्रायोजन गरेको हो ।
शेरबहादुर खड्का स्मृती प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको तेश्रो स्थान नेपाल पुलिसले हात पा¥यो । पुलिसले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २५–२१, २५–२१, २५–१३ ले पराजित गर्दै तेश्रो स्थान प्राप्त गर्न सफल भएको हो । पुलिसले तेश्रो स्थान प्राप्त गरेबापत मार्वल टेक्नोप्लास्ट प्रा.लि.ले प्रायोजन गरेको नगद ७५ हजार प्राप्त ग¥यो । पुलिसकी उषा भण्डारी प्लेयर अफ दी म्याच घोषित भईन् । उनले नगद १० हजार सहित ट्रफी प्राप्त गरिन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी न्यु डायमन्डकी प्रतिभा माली घोषित भईन् । उनले नगद ५० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । सर्वोत्कृष्ट खेलाडीका लागि प्रदान गरिएको ५० हजार नगद मुक्तिनाथ विकास बैंकले प्रायोजन गरेको थियो ।

विधागत तर्फ उत्कृष्ट स्पाईकरमा एपिएफकी निरुता ठगुन्ना, उत्कृष्ट ब्लकरमा एपिएफकी हिरा के.सी., उत्कृष्ट सर्भरमा एपिएफकी सरस्वती चौधरी, उत्कृष्ट सेटरमा न्यु डायमन्डकी प्रगती नाथ, उत्कृष्ट लिवेरोमा न्यु डायमन्डकी सलिना श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा न्यु डायमन्डका कुमार राई, उदियमान खेलाडीमा न्यु डायमन्डकी सलिना बुढामगर घोषित भए । विधागत तर्फका उत्कृष्ट प्रत्येकले नगद १५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

विजयी टिम तथा खेलाडीहरुलाई मुख्य अतिथी प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य सचिव सूर्यलाल भण्डारी, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, ओलम्पियन दीपक बिष्ट लगायतले पुरस्कार वितरण गरेका थिए ।

४० लाख अनुमानित लागत रहेको प्रतियोगिताको मुख्य प्रायोजकमा बहुराष्ट्रिय कम्पनी कन्साई नेरोलेक पेन्टले मुख्य प्रायोजन गरेको थियो । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त प्रायोजन गरेको हो । यस्तै राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद विकास परिषद्, बागमतीको बिशेष सहयोग रहेको थियो । नेपाल भलिबल संघको प्राविधिक सहयोग रहेको प्रतियोगितामा बहुराष्ट्रिय कम्पनी डावरले खेलाडीहरुका लागि रियल जुस र आमा लौन्ड्री एण्ड ड्राई क्लिनर्सबाट खेल अवधीभर पिउने पानीको ब्यवस्था भएको थियो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा माघ २४ गते सम्म संचालित प्रतियोगितामा तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब र होङ्गवान्जी न्यु डायमन्ड युथ स्पोर्टस् क्लबको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार