श्रावण ६, २०८२ मंगलबार July 22, 2025

महिला राष्ट्रिय हक्की प्रतियोगिता : आर्मी र लुम्बिनी फाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः महिला राष्ट्रिय हक्की प्रतियोगितामा नेपाल आर्मी र लुम्बिनी प्रदेश फाइनलमा पुगेको छ।

धनुषाको नक्टाझिजमा जारी पाचौं साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताअन्तर्गत बिहीबार भएको दुईवटा सेमिफाइनल खेलबाट नेपाल आर्मी र लुम्बिनी प्रदेश फाइनलका लागि छनौट भएको हो।

नेपाल आर्मी र मधेस प्रदेशबीच भएको पहिलो सेमिफाइनल खेलमा मधेसलाई ६-० ले हराउँदै आर्मी फाइनलमा प्रवेश गरेको छ।

आर्मीका लागि कमला चन्दले ३, सिता चौधरी, सरस्वती तामाङ र निलिमा पाण्डेले समान एक-एक गाले गरिन्। सर्वाधिक गोल गरेका कमला चन्द म्यान अफ दि म्याच घोषित भइन्।

यस्तै लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच भएको दोस्रो सेमिफाइनलमा लुम्बिनीले १-० ले सुदूरपश्चिमलाई पराजित गरेको छ। लुम्बिनी प्रदेशका लागि अनन्या बर्नवालले खेलको १२औं मिनेटमा गरेको गोल नै टिमको जितका लागि निर्णायक बन्यो।

योसँगै शनिबार हुने फाइनल खेलमा विभागीय टोली नेपाल आर्मी र लुम्बिनी प्रदेश भिड्ने भएको छ।

शुक्रबार भने तृतीय स्थानका लागि मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशबीच खेल हुने नेपाल हक्की संघका केन्द्रीय सदस्यसमेत रहेका टुर्नामेन्ट डाइरेक्टर अशिम शर्माले जानकारी दिए।

स्वर्गीय सहाना प्रधानको स्मृति दिवसको अवसर पारेर हुँदै आएको महिला राष्ट्रिय हक्की प्रतियोगिताको पाँचौ संस्करण धनुषाको मिथिला नगरपालिकामा भइरहेको छ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः ७५ हजार, ४० हजार र २५ हजार नगद पुरस्कारसहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार